सल्यानमा बन्ने भयो एक करोड लागतमा साना किसान कृषि सहकारीको भवन


मङ्सिर २८, सल्यान । साना किसान सहकारी संस्था लिमिटेड कपुरकोटको भवन सिलान्यास गरिएको छ ।

कपुरकोट गाउँपालिका वडा नं ३ स्थित सहकारी भवनको आइतबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले सिलान्यास गरेका हुन् ।

भवन सिलान्यास गर्दै कपुरकोट गाउँपालिकाका समेत अध्यक्ष रहेका सेनले गाउँपालिकाको कृषि तथा पशु क्षेत्रको विकासका लागि सहकारीले अभियान सञ्चालन गर्नुपर्ने बताएका थिए । सहकारीको विकासका लागि गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ थियो ।

एक करोडको लागतमा भवन निर्माण हुन लागेको सहकारीका अध्यक्ष डम्बर बहादुर यरीले जानकारि दिए । चालु आर्थिक वर्षका लागि साना किसान सहकारीले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

२ वर्ष अघि कपुरकोटमा सहकारीले १० लाख रुपैयाँमा भवन निर्माणका लागि जमिन खरिद गरेको थियो । सोहि स्थानमा ६ कोठे नयाँ भवन बन्न लागेको सहकारीका प्रवन्धक तिर्थराज शर्माले जानकारि दिए ।

भवन सिलान्यास कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष तथा सहकारीका पूर्व अध्यक्ष मिन बहादुर सेन, सहकारीका जित प्रसाद आचार्य लगाएत जनप्रतिनिधी, सहकारीका सदस्यहरुको उपस्थिती थियो ।

२०५४ सालमा स्थापना भएको साना किसान कृषि सहकारी संस्था कपुरकोटको आन्तरिक र वाह्य श्रोत गरी हाल कुल सम्पत्ति ११ करोेड रहेको छ ।

 

२८ मंसिर २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको