लोक स्टार शनि विश्वकर्माको दोश्रो गीत ‘साइत’ सार्वजनीक [भिडियोसहित]


असोज २७, काठमाडौँ । लोक स्टार विजेता शनी विश्वकर्मा र शान्ता रानी परियारको स्वर रहेको गीत ‘साइत…’ सार्वजनीक भएको छ ।

गीतमा वैदेशिक रोजगारीमा रहेका नेपालीको याथार्थ भोगाइ र पीडालाई देखाउन खोजिएको छ । उक्त गीतमा चर्चीत मोडल धुर्व हिमाली र सुनिता भण्डारीको अभिनय रहेको छ ।

मञ्जित पहाडीको शब्द, अमितबाबु रोकायाको संगीत रहेको गीतको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

क्वालिटी क्रिएसनले निमार्ण गरेको भिडियोलाई हिम सम्झौता डिजिटल्सले व्यवस्थापन गरेको हो । संगीतकार अमितबाबु रोकायाकै युट्युब च्यानलबाट सार्वजनीक भएको गीतको भिडियो छोटोसमयमा नै निकै लोकप्रिय बनेको छ ।

राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को पहिलो विजेता भएका थिए । उनि विजेता भएपछि उनले दोस्रो गीतमा स्वर दिएका छन् । उनले यस अघि गाएको ‘झुम्का झलक्कै’ धेरै दिनसम्म युटुवमा ट्रेडिङमा परेको थियो ।

हेर्नुस भिडियो

२७ आश्विन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको