पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु


भदौ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ जना पुरुष र ३ जना महिला संक्रमितको मृत्यु भएको हो । जसमा काठमाडौं जिल्लाका मात्रै ६ जना छन् मन्त्रालयको विवरण अनुसार काठमाडौंका ६५–६५ वर्षका दुई जना महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

त्यसैगरी काठमाडौंकै ५९, ७०, ६४, ५९ वर्षका चार पुरुष संक्रमितको मृत्यु भएको छ। त्यसैगरी कास्कीकी ४५ वर्षीया महिला, मोरङ ६९ वर्षीय र सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ ।

२०७७ भाद्र २८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको