सरकारले घटायो पिसिआर परीक्षणको शुल्क


भदाै २८, काठमाडौं । सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको जानकारी दिए ।

उनका अनुसार अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिन पाउने छन् । यसअघि प्रयोगशालाहरूले अधिकतम ४ हजार ४ सय रुपैयाँ लिन पाउने भनिएको थियो ।

विश्व बजारमा पिसिआर परीक्षण गर्न चाहिने आवश्यक किटको मूल्य घटेको र विश्व बजारमै यसको शुल्क पुनारावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटाइएको मन्त्रालयले जनाएको छ ।

२८ भाद्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको