देशभर १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार १७३ जना डिस्चार्ज


भदौ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा १,०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर १०३९ जना कोरोना संक्रमित देखिएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रीय संक्रमितको संख्या १५, ११७ रहेको छ । यस मध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित ७, ७३०जना रहेका छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७, ३८७ छ ।

हालसम्म नेपालमा संक्रमितकाे स‌ख्या ५४,१५९ पुगेको छ । २४ घण्टामा ९,१६५ पीसीआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ११७३ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३८,६९७ छ ।

आइसीयूमा रहने कोरोना संक्रमित देशभर १६९ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या २३ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

२८ भाद्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको