सल्यानका घनश्यामले बनाएको विद्युतीय घट्ट लोकप्रिय बन्दै


भदौ २८, सल्यान । सल्यानका २९ वर्षका एक युवाले आफै बिद्युतीय घट्ट बनाएका छन । उनले आफ्नै सिप र क्षमता देखाउदै घट्ट निर्माण गर्न सफल भएका हुन् ।

सल्यान त्रिवेणी गाउपालिका ३ दाङचुली घर भएका घनश्याम केसीले निर्माण गरेका विद्युतीय घट्ट अहिले रुकुम र सल्यानमा गरि १६ स्थानमा सञ्चालनमा रहेका छन् ।

घट्ट बनाए वापत उनले प्रती घट्टको ७० हजार रुपैया लिने गरेका छन । स्थानीय सामग्रीबाट निर्माण हुने घट्ट जाँतोको रुपमा ढुङ्गा प्रयोग गरिएको हुन्छ । अन्य फलाम प्रयोग हुने भए पनि पिठो पिस्नको लागि ढुंगा प्रयोग गरिएको हुन्छ ।

५ वर्ष देखि सल्लीबजारमा उद्योग सन्चालन गर्दै आएका घनश्यामले आफ्नै सिपबाट घरका दाजुभाइलाई रुकुम चौरजाहारी र सल्यान श्रीनगरमा समेत उद्योग सन्चालन गरिदिएका छन् ।

पहाडका अधिकांश ठाउमा पानी नपाइने भएको हुनाले आफुले विद्युतीय घट्टको विकास गरेको र त्यसपछि सफल भएको उनले बताए । अहिले उनले सल्लीबजारमा कालिका इन्जिनियर उद्योग सञ्चालनमा ल्याएका छन । उनले दैनिक बिधुतिय घट्ट बनाउने देखि अन्य मेसिन सम्बन्धि काम गर्ने गरेका छन् ।

घनशयामले एक जना युवालाई रोजगारी समेत दिएका छन् । यो नेपालमै पहिलो भएको उनको दाबी छ । बिधुतिय घट्ट पहिला आफ्नै घरमा सफल परिक्षण पछि अन्यत्र दिन सुरु गरेको उनले बताएका छन् । बिधुतिय घट्ट संगै पानी घट्ट बनाएर पनि बिक्री गर्ने गरेका छन ।

घट्ट निर्माणबाट राम्रो आम्दानी हुने गरेको घनशयामले बताए । बनगाड कुपिण्डे नगरपालिका वडा न ८ ज्यामिरे डांगीमोड नजिकै का २७ वर्षका राम बहादुर यरिले विद्युतीय खट्ट निकै उपयोगी रहेको बताए । आफुले पनि यहि घट्ट सञ्चालनमा ल्याएको जनाउदै उनले आम्दानी पनि मनग्य हुने गरेको बताउँछन् ।

साउन देखि सञ्चालनमा आएको घट्टमा अहिले पिठो पिस्नेको घुइँचो हुने गरेको राम बहादुरले बताए । प्रती घण्टा घट्टले कोदो २० पाथी, गहुँ १५ पाथी र मकै १० पाथी पिस्ने गरेको छ । बिधुतिय घट्टले पिठो बनाउँदा प्रती पाथी कोदो १५ रुपैया, गहुँ २० रुपैया र मकै २५ रुपैया भाडा लिने गरेको उनले बताए ।

पानी घट्टको लागि टाढा टाढा जानु पर्ने र दुईतीन दिन बास बसेर पिठो लिएर आउनुपर्ने बाध्यता रहेकोमा अहिले उक्त समस्याबाट मुक्ति पाइएको स्थानीय दुजी बुढाथोकीले बताए । बर्षौदेखी धेरै दुख भोग्यौँ, तरर अहिले घर नजिकै घट्ट हुदा धेरै सुख भएको छ, उनले भने । मिलको भन्दा राम्रो पानि र घट्टको जस्तो मीठो पिठो हुने बुढाथोकीले बताए ।

 

२८ भाद्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको