लमही–घोराही सडकखण्ड भासियो


भदौ २८, दाङ । दाङको लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सन्चालन गरिएको छ ।

लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो । पक्की सडकको एकातिरको भाग पहिरो गएजसरी भत्किएको छ । साथै सडकमा चिरा परेका छन् ।

दुर्घटनाको जोखिम रहेकाले भासिएको ठाउँमा एकतर्फी सडक सन्चालन गरिएको छ । सडक भासिएको स्थानमा वडा प्रहरी कार्यालयको टोली खटाइएको छ । सडक मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।

लमही–घोराही सडकखण्ड हाल जीर्ण हुँदै गएको छ । ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन् । सडक भासिएको स्थानमा वडा प्रहरी लमही र अस्थायी ट्राफिक पोष्ट लमहीको टोलि पुगेको छ ।

२८ भाद्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको