फास्ट ट्र्याकिङ्ग प्रणालीमा रम्दै सन्तोष तामाङ


बिशाल बस्नेत/ काठमान्डौ,

“‘समस्या जस्को पनि हुन्छ तर समस्याबाट भाग्नु असक्षमता हो, गरिबी जोसुकैमा हुन्छ तर सपनाबाट भाग्नु मुर्खता हो, बाध्यता जोसुकैमा हुन्छ तर साबधानको बाटो खोज्न नसक्नु कायरता हो । जिन्दगी एउटा यात्रा हो, यात्राको क्रममा मुठभेड भएका अन्नगिन्ती समस्या नै समस्याका श्रीङ्खलाहरुलाई जसले स्वभाबिक मान्न सक्छ त्यसको नै सफलता सुनिश्चित छ ।”

जिवनलाई  सधै  संघर्षको पर्यायबाचीको रुपमा बुझेका यस्तै  प्रेरणादायी प्रतिनिधि पात्र हुन नेपालका एक सफल ब्यबसायी संतोष तामाङ्ग ।

उनको यात्रा पनि माथी उल्लेख गरेजस्तै अन्नगिन्ती उकाली-ओराली उत्तारचढाबकै भिडभाडबाट गुज्रीरहयो ।

पढ्ने उमेरमा पढ्न नपाउनु, खेल्ने उमेरमा खेल्न नपाउनु आदि मध्यम बर्गहरुले भोग्ने समस्या नै हुन् । सन्तोष पनि यस्ता समस्याहरुबाट अछुतो बन्न सकेनन् । यसैको परिणामस्वरूप उनले ५ कक्षामा पढ्दा पढ्दै पढाइलाई बिट मार्नु पर्‍यो ।

अभाब र दबाबका बिचमा सन्तोषको यात्रा सानो उमेरदेखी नै सुरु भयो ।

आर्थिक स्थिति सबल बनाउन मलेसियाबाट सुरु भएको उनको यात्रा  रसियामा पुगेपछी आंशिक नतिजा प्राप्त भयो ।

सन २०१० सालमा मलेसियामा झाडु लगाउदै गर्दा सन्तोषले भोगेका अन्नगिन्ती पिडाहरु अझै उनलाई झलझल्ती आइरहन्छ तर पीडा भन्दा पनि उनले त्यहाँ सिकेको अनुभव र ज्ञानहरु अहिले स्वदेशमा धेरथोर ब्यबहारमा लागु भएको देख्दा बडो सन्तुष्टि मिल्ने गरेको उनको अनुभव छ ।

महोत्तरी जिल्लाको माइस्थान भन्ने गाउँको एउटा कुन्दरामा जन्मिएर नेपालका टप ब्यापारिक निगमहरुलाई  धक्का दिनु सामान्य बिषय हैन । तर उनले बिगतमा भोगेका पिडाहरु नै अहिले  सफलताका लागी सुत्र बनेको सन्तोषको भनाइ छ  ।

मलेसियामा ३ बर्षसम्म बसेर झाडु लगाएको अनुभव र ब्यस्त समयका बाबजुत पनि उनले सिकेको कम्प्युटर कोर्षको ज्ञानलाई कसरी ब्यबहारमा उतार्ने भन्ने हुटहुटिले पिरोल्दै गर्दा उनको अर्को गन्तव्य फेरि कतार बन्यो ।

उहीँ काम तर फरक अनुभव बटुलेपछी कतारको २१ महिने बसाइलाई बिट मार्दै तेश्रो पल्ट उनी साउदी अरब हान्निए ।

न्युनतम तलब र अफ्ठ्यारो काममा नै उनको आकर्षण बढेपछी कतिपयले कुरा नकाटेका पनि होइनन् ।  मलेसियामा सिकेको कम्प्युटर कोर्षलाइ सैद्धान्तिकरुपमा उनले किताबमा त उतारे  तर उनले आर्जन गरेको सिप स्वदेशमा लगानी गर्न नसकेपछी आफ्न्त र परिवारजनहरुबाट नै आलोचनाको सिकार बन्नु परेको सन्तोषसंग तितो अनुभव छ ।

हरेक तिता, मिठा बिषयहरुमा सकारात्मक बन्नै पर्छ भन्ने धारणा बोकेका सन्तोषलाई आफ्न्तहरुको आलोचनामाथी कुनै वास्ता भएन तर नयाँ कुरा सिक्ने र  उक्त सिकेका सीप र अनुभबहरुलाई स्वदेशमा नै लगानी गरीछाड्ने उनले आफ्नो उर्बर सपनालाई मलजल गर्न भने  कहिल्यै छाडेनन् ।

मलेसिया, कतार र साउदी अरबको यात्राले उनलाई अझै चित्त बुझेन । एउटा संयोग नै भन्नुपर्छ रसियाका नागरिक माइकोल स्ट्रोङ्गसग भेट भएपछी सन्तोषको जिवनले नयाँ ट्रनिङ्ग लियो ।

भारतका विभिन्न ठाउमा ओपोलो हस्पिटल चलाएर बसेका माइकोलले सन्तोषलाई कम्प्युटरको नयाँ प्रबिधि ग्लोबल पोजिसन सिस्टम(जिपिएस)को प्रोजेक्टमा काम दिने पक्का गरेपछी उनलाई खुसी थामिनसक्नु भयो ।

रसियामा केही समय यही प्रणालीको बिषयमा निपुण: भएपछी स्वदेश फर्किएर उक्त सिपलाइ सदुपयोग गर्ने आत्मनिर्णय सहित माइकोलले रसियाबाट भिसा पठाएपछी सन्तोष अत्याधुनिक प्रणालीमा काम गर्न पाएपछी स्वदेश फर्केर सन्तोषलाई यही प्रणालीको बिकाश गर्ने र  नेपालमा ब्याप्त अपराधलाई न्यूनीकरण गर्न सहजीकरणको भुमिका निर्वाह गर्ने आत्मबिस्वासले उत्साहित बनाउदै लगेको सन्तोषको  स्मरण छ  ।

नभन्दै २०१७ मा नेपाल फर्किएर सन्तोषले आफ्नो सीप र अनुभबलाई लगानी गर्दै इ-फास्ट ट्र्याकिङ्गको माध्यमबाट २८ जना नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

३ बर्षदेखी  यही इ-फास्ट ट्र्याकिङ्ग सिस्टम नामक कम्पनी दर्ता गरेर  जिपिएस प्रणालीको बिकाश गरी सन्तोषले देशका विभिन्न  सहरमा अपराध न्यूनीकरण सहजीकरणको भुमिका समेत निर्वाह गरिरहेका छन् ।

उनलाई यतिबेला मिनेट-मिनेटमा फोन आउने गर्दछ । कहिले सर्बसाधारणहरुले फोन गर्छन् भने कहिले प्रहरी अपराध अनुसन्धान ब्युरोले फोन गरेर सयोग गरिदिन आग्रह गर्दछन् ।

शैक्षिक योग्यताको कुरा गर्ने हो भने सामान्य पाँच कक्षा पढेर  नेपालका टप कोर्पोरेसनहरुलाई धक्का दिदै ब्यबसायी देखी प्रहरीहरुको समेत बिस्वासपात्र बन्दा छुट्टै आनन्द आउने सन्तोषको भनाइ छ ।

३ बर्षको अबधीमा असीमित घटनाहरुमाथी सहजीकरण गरिसकेको बताउदै सन्तोषले भने, ” सबै भन्दा पहिला त हामी काम भन्दा गुणस्तरलाई ध्यान दिन्छौँ,  यसैको परिणामस्वरूप आज यो तहमा सर्बसाधारण देखी टप प्रतिष्ठानका लागी इ-फास्ट ट्र्याक ब्राण्ड बनेको छ ।”

उनले बिकाश गरेको फास्ट ट्र्याकिङ्ग प्रणाली के हो ?

सन्तोषले बिकाश गरेको प्रबृधी  नेपालमै पहिलो भएको उनको दाबी छ ।

इ-फास्ट ट्र्याकमा अत्याधुनिक यन्त्रहरु र कुशल अपरेटर भएको कारणले प्रहरीले समेत हार मानेका कतिपय घटनाहरुलाई आफुहरुले सहजीकरण गरिरहेको उनको भनाइ छ ।

दिनमा हजारौ सर्बसाधारणका फोन आएतापनि समस्याहरुलाई बैधानिक तवरले मात्र साबधान खोजिदिने गरेको उनले जानकारी दिए ।

आफुरुका दुई प्रकारका ग्राहकहरुले सम्पर्क गर्ने गरेको बताउदै सन्तोषले भने :” हामीलाइ कस्टम्वर र ननकस्टम्वरले सम्पर्क गर्ने गर्छन । जसलाई हामिले हाम्रो प्रोडक्ट बेचेका छौँ, तिनिहरु हाम्रा कस्टम्वर हुन् भने अन्य सबै ननकस्टम्वर । हामी सधै हाम्रो निर्धारित सिमाभित्र रहेर सबैलाई सहजिकरणको बताबरण बनाइरहेका छौँ ।”

विशेष गरि इ-फास्ट ट्र्याकका ग्राहकहरु नेपालका ठुला उधोगहरु र सबेदनशिल क्षेत्रहरु भएको बताउदै छोटो समयमा नै  बिस्वास गर्दै हजारौ ब्यक्ती तथा उधोगहरुले फास्ट ट्र्याककै प्रणाली प्रयोग गरिरहेको सन्तोषले जानकारी दिए ।

कहाँ कहाँ राख्न सकिन्छ फास्ट ट्र्याकका  सिस्टम  ?

यो कम्पनीका गाडी, होटेल, ट्याक्सी, ट्रक, अस्पताल, उद्योग जहाँ पनि प्रयोग गर्न सकिन्छ ।

यसो गर्दा गाडीमा कति जना यात्रु छन्, गाडी कता-कता जाँदै छ, होटलमा को के गर्दै छन, कति जना ग्राहक आइरहेका छन्, कर्मचारीहरु के-के गर्दै छन् ?  जस्ता दृश्यहरु घरमा, अफिसमा वा कन्ट्रोल रूमबाट सजिलै देख्न र ट्रेसिङ्ग गर्न सकिन्छ ।

यस्को लागी मोबाइल, ल्यापटप, डेस्कटप जेलाइ पनि प्रयोग गर्न सकिने हुन्छ ।

यो  प्रणाली नेपालमा सुरुवात भएको यस्तो प्रणाली हो जसले अपराधीहरुलाइ पहिचान गर्न सहजीकरणको भुमिका खेलीरहेको छ ।

साना अपराधीदेखी ठुला अपराधीसम्म जिपिएसको सहायताले पक्रन सकिने सबैलाई जानकारी भएतापनि ट्र्याकिङ्ग प्रणालीको कमजोर प्रदर्शनले कयौं अपराधीहरु फुत्कन सफल भएका छन् ।

केही कोर्पोरेसनहरुले इ-फास्ट ट्र्याक कै जस्तो अभ्यास गरेतापनि प्रभावकारिता नदेखिएपछी सर्बसाधारणहरु निराश भैइरहेको बेला फास्ट ट्र्याकले साबधान खोज्न नयाँ अभ्यासमा जुटेको हो  ।

 

 

 

२०७७ श्रावण २९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको