नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि


साउन २९, नुवाकोट । नुवाकोटमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा थप एक जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नुवाकोटमा कुल संक्रमितको सङ्ख्या ६७ पुगेको छ ।

नवलपरासी घर भएर रोजगारीको लागी विदुरमा आएर क्वारेन्टाइनमा बस्दै आएका २१ वर्षका पुरुषमा कोरोना रोगको संक्रमण पुष्टि भएको हो ।

यसअघि, नुवाकोटमा हिजो (बुधबार )दुई जनामा कोरोना रोगको सक्रमण देखिएको थियो । दुप्चेश्वर गाउँपालिका वडा नं ६ का वडाध्यक्षलाई संक्रमण भएसगैँ उनको आफन्तलाई गरिएको परीक्षणमा थप दुई जनालाई रोगको सक्रमण भएको नतिजा आएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो ।

दुप्चेश्वर गाउँपालिका वडा नं. ६ का वडाध्यक्षसगैँ काठमाडौमा गएका तादी गाउँपालिका वडा नं. ३ खरानीटार निवासी एक पुरुष र दुप्चेश्वर गाउँपालका वडा नं. ६ समुन्द्रटार निवासी अर्का पुरुषमा कोरोना रोगको सक्रमण पुष्टि भएको थियो ।

२०७७ श्रावण २९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको