नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो


साउन २९, काठमाडौं | नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ | योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए |
महोत्तरीको मटिहानी नगरपालिका-६ बस्ने ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको छ | उनको कोरोना संक्रमणबाट रामजानकी अस्पतालमा मृत्यु भएको हो | उनी क्षयरोग र मधुमेहबाट गर्सित थिए |

धनुषाको मिथिला नगरपालिका-७ ढल्केबर बस्ने ८५ वर्षीय वृद्दाको साउन २८ गते कोरोना संक्रमणबाट मृत्यु भएको छ | उनको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा मृत्यु भएको हो |
अछामको रामारोशन गाउँपालिका-५ निवासी १८ वर्षीय युवकको साउन २८ गते कोरोना संक्रमणबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ | उनी मुटु रोगका बिरामी थिए |

मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोभिड-१९ बाट मृत्यु भएको छ | मधुमेह तथा उच्च रक्तचापका बिरामी रहेको उनको कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो |

२०७७ श्रावण २९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको