पछिल्लो २४ घण्टामा नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जना डिस्जार्ज


साउन २९, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

९ हजार ८५९ जनाको परिक्षण गरिएकोमा ५२५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हाल सक्रिय संक्रमितको संख्या ८ हजार २५ जना रहेका छन् | नेपालमा कोरोना संक्रमणबाट हालसम्म ९५ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट थप १०९ जना डिस्जार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ हजार ८३७ निको भएर घर फर्किएका छन् । हाल क्वारेन्टाइनमा १४ हजार ७६९ जना रहेका छन्।

२०७७ श्रावण २९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको