ओली-दाहालबीच ९ दिनपछि भेटवार्ता


साउन २९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता भएको छ । उनीहरुबीच नौ दिनपछि भेटवार्ता भएको हो । यसअघि गत मंगलबार ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

अध्यक्षद्वयबीच बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ । दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बुझिएको छ ।

यसअघि निकास नआउने भेटवार्तामा बस्नुको औचित्य नभएको भन्दै प्रचण्डले निकास आउनेगरी मात्रै वार्तामा बस्ने बताएका थिए ।

पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडान थिए भने अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा थिए । त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन ।

 

२०७७ श्रावण २९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको