साउन २९, काठमाडौं | नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ | बुधबार एकैदिन छ हजार २ सयले घटेको सुनको मूल्य बिहिबार २४ सयले बढेको छ |
आज सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ | बुधबार सुन ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो |
यसैबीच चाँदीको मूल्य पनि बढेको छ | बुधबार प्रतितोला १२ सय १० मा कोर्बरा भएको चाँदी आज प्रतितोला १२ सय ९५ कायम भएको महासंघले जनाएको छ |
प्रतिक्रिया दिनुहोस