यी ५ कुरा जुन भुलेर पनि अनुहारमा नलगाउनुहोस् !


सुन्दर बन्ने रहर कसलाई हुँदैन र ? हरेक व्यक्तिलाई सुन्दर बन्ने चाहना हुन्छ | आफुलाई आकर्षक बनाउन जो कोहीलाई मन लाग्छ | सुन्दर बनाउने बाहानामा अनुहारमा हरेक कुरा अर्थात् सामाग्रीहरु प्रयोग गरिरहेका हुन्छन् मानिसहरु | विशेषत पुरुषभन्दा पनि यो मामलामा महिला अगाडी हुन्छन् | तर तपाईले कहिल्यै सोच्नुभएको छ कतै सुन्दर बन्ने बहानामा आफ्नो अनुहारमा विष त प्रयोग गरिरहेको त छैन् भनेर ? हामी तपाइलाई यस्ता ५ कुराको बारेमा जानकारी दिन गइरहेका छौं जुन अनुहारमा लगाउन हुँदैन तर सुन्दर हुने बहानामा धेरैले प्रयोग गर्ने गर्छन् |
यी ५ कुरा जुन भुलेर पनि अनुहारमा नलगाउनुस् :-

१. भेनेगर : भेनेगर एसिड प्रयोग गरेर बनाइन्छ | यसमा एसिडिक एसिडको मात्रा बढी हुन्छ | यसलाई प्रत्यक्ष अनुहारमा लगाउन हुँदैन | यसले अनुहारको छालामा असर गर्छ | यसमा अरु चिज नमिसाई प्रयोग गर्नु हुँदैन | सकभर यसको प्रयोग नगरेकै राम्रो हुन्छ |

२. खाने सोडा : अनुहार सफा गर्नका लागि कतिपयले सोडा प्रयोग गर्ने गर्छन् | घरेलुप्रयोगदेखी लिएर ब्युटीपार्लरसम्म धेरै मान्छेले अनुहार सफा गर्न खाने सोडा मिसाएर प्याक तयार गर्ने गर्छन् | तत्कालको लागि यसले फाइदा पुर्याए पनि बिस्तारै छालालाई असर गर्दै जान्छ |

३. पुदिना : अनुहारमा चमक ल्याउने अर्को चिज पुदिना पनि हो | पुदिनाले वास्तवमै अनुहार सफा गर्छ | तर धेरै समय पुदिनको प्रयोग गर्दा छालामा विभिन्न समस्या देखा पर्छ | कतिपय व्यक्तिलाई पुदिनाको प्रयोगले डन्डीफोर समेत आउने गर्छ | यदि प्रयोग गरिहाल्नु भयो भने पनि २/४ पटक मात्र प्रयोग गर्नुहोला | लामो समयसम्म यसको प्रयोग नगरेकै राम्रो |

४. बियर : अनुहारको सफाइको लागि कतिपयले बियर पनि प्रयोग गर्ने गर्छन् | जुन उचित होइन | बियरमा पनि एसिड मिसायर बनाइन्छ | तत्कालका लागि यसको प्रयोगले अनुहार चम्किलो बनाउँछ | तर दीर्घकालीन रुपमा भने यसले छाला बिगार्छ | यसको प्रयोग बढी गरेमा बिस्तारै छालामा दाग, धब्बा, चायापोतो देखिन थाल्छ |

५. मन्जन : हामीले युट्युबमा धेरै देखिरहेका हुन्छौं अनुहार चम्काउन मन्जनको प्रयोग गर्नुहोस् भनेर ब्युटी टिप्स दिइरहेको | इन्टरनेटमा प्रशस्तै पाइने यो टिप्स पनि छालाको लागि उपयोगी हुँदैन | मन्जनको प्रयोगले अनुहारमा क्षणिक चमक त आउँछ तर यसको प्रयोगले अनुहार बिग्रन त्यति धेरै समय लाग्दैन | चायापोतो, डन्डीफोर जस्ता समस्या यसले निम्त्याउछ |

एजेन्सी

सबै तस्वीर गूगलबाट

२९ असार २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको