नेपालमा कोरोना संक्रमितको संख्या ५३ सय नाघ्यो, पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु


जेठ ३१, काठमाडौं | नेपालमा शनिबार थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ सय ३५ पुगेको छ |
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले नेपालमा आज एकैपटक २७३ जनामा कोरोना संक्रमित थपिएको जानकारी दिए ।

नेपालमा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ | पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए |

बाराको निजगढ नगरपालिका–६ घर भएका ५ वर्षीय बालकको उपचारको क्रममा शुक्रबार मृत्यु भएकोमा उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो | वीरगञ्जको घण्टाघरमा शुक्रबार मृत भेटिएका अन्दाजी २५ वर्षीय बेवारिसे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

कोरोना भाइरसको उपचार पछि निको भएर घर फर्किनेको संख्या नेपालमा ९१३ पुगेको छ ।

आज मात्रै नेपालमा ३६ जनाले कोरोना विरुद्धको लडाई जितेर घर फर्किएका छन् ।

३१ जेष्ठ २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको