आँखावाट बग्न नपाएको आँशु र मुखले खोल्न नपाएको पिडा


पृथीछक बुढा मगर, काठमाडौं । हिमाली जिल्ला रुकुम पूर्ब पुथाउत्तरगंगा वडा न. १२ घर भएका करिश्मा पुन मगर बिरामी भएको लामै समय भयो । नेपालगञ्जमा उपचारको क्रममा ब्लड क्यान्सर देखिएपछी थप उपचारका लागि करिश्मालाई काठमाण्डौ स्थित सिभिल हस्पिटलमा रिफर गरिएको थियो । उपचार खर्चको अभाब त छैंदैछ, त्यसमाथि पनि कोरोनाको कारणले लागेको लकडाउनले थप समस्या पारेको छ ।

‘उपचारको लागि पैसाको समस्या छ । ती गरिव आमाले कसरि छोरीको उपचार गर्न सक्छ ? भगवान भरोसामा छौं ।’ करिश्माका आफन्त धुर्ब पुन मगरले पोष्टपाटीलाई बताउनु भयो । उनै करिश्माले अस्पतालको वार्डबाट देश बिदेशमा छरिएर रहनुभएका सम्पूर्ण मनकारी नेपालीहरुलाई सहयोगको लागि याचना गर्नु भएको छ । उनको याचनालाई हामी यहाँ जस्ताको तस्तै प्रकाशित गरेका छौं ।

करिश्मा पुन मगरको याचना:

विश्वभरी छरिएर रहनु भएका आदरणीय बुवाआमा, दिदिबहिनी, दाजुभाइ सबैमा मीठो सम्झना ।

सिभिल हस्पिटलको बेड न. ३२५ । नेपालगन्जबाट रिफर गरिएको बिरामी । मेरो नाम करिश्मा पुन मगर । बर्ष १६ को कक्षा- १० मा अध्ययनरत छात्रा । रगतमा ब्लड क्यान्सरको जिबाणु भेटिएको बिरामी ।

मर्न मन त छैन तर मर्न बाध्य छु । कुरा आउँछ पैसाकै । डाक्टरले उपचार सम्भव छ तर पैसा धेरै लाग्छ भन्छ । पैसा नभएपछि बाच्ने अधिकार नभएको जस्तै हुनेरहेछ । १६ बर्ष भएँ, सपनाहरुले पखेटा उमारिरहेका थिए । उडान भर्न नपाउदै गल्न पुगे ।

हिमाली जिल्ला रुकुम पुर्ब, पुथाउत्तरगंगाको १२ नम्बर वडा घर । बिगत चार महिना देखि लडिरहेको छु ब्लड क्यान्सरसंग । कुरिरहेको छु मृत्युु । मलाई लाग्छ मृत्युले मलाई बोलाइरहेको छ । कसम मलाई मृत्यु देखि डर लाग्छ । सायद नक्षत्रमै लामो आयु लेखिएको छैन ।

अभागी त हुँ, १२ बर्ष अघि बुबा गुमाएँ । ज्यामी काम गरि आमाले ठूलो बनाउनु भयो । १० कक्षासम्म पढाउनु भो । आमाको दु:ख धेरै देखेको छु । आमाको लागि केही गर्छु भन्ने अभिलाषाहरु थिए । सायद अलिकती बढी नै सपना देखेछु । दैबलाई यो सबै मन परेन । त्यसैले आयु घटाउने फैसला गर्नु भो ।

परिवारको एकमात्रै सहयोगी मामा थिए । मामा पनि अपांग हुनुहुन्छ । मामाले मेरो लागि नगर्नु भएको होइन । चार महिना उपचारमा उहाँको भएको सम्पती पनि सकियो । सम्पत्तिको नाममा उहीँ पाखो वारि न हो ।नहुनेको कोहि नहुदो रहेछ । ऋण माग्दा कसैले दिदैन । सायद अपांग मान्छेले तिर्न सक्दैन भनेरै होला ।

राज्यसँग गुहार मागु त कुनै नेता चिनेको छैन । सोर्सफोर्स चाहिने होला । पृथ्वीको एउटा निर्जन कुनाको मान्छेको आवाज सुनेर उनिहरुको ध्यानाकर्षण नहोला । तब तपाईंहरुलाई गुहार्न मन लाग्यो । हजुरहरु नै एकमात्र बिकल्प हुनुहुन्छ । जे गर्नुछ यो जिन्दगी हजुरहरुलाई सुम्पिदिएको छु । भरोसा हजुरहरुकै लाग्छ । मलाई सहयोग गर्न चाहनुहुन्छ भने मेरो ठेगाना यस प्रकार रहेको छ ।

करिश्मा पुन ।
सिभिल हस्पिटल
बेड न. ३२५ ।
फोन नम्बर
9844371797, वा
9810970283

३१ बैशाख २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको