प्रधानमन्त्रीले शुभकामना शन्देशबाटै गरे कोरोना महामारी अवधिको पारिश्रमिक नलिने घोषणा [पूर्णपाठ]


बैशाख १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । सोमबार नयाँ वर्ष २०७७ को शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।

‘आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु,’ प्रधानमन्त्रीले घोषणा गरेका छन् ।

त्यस्तै उनले महामारीका कारण धेरै कार्यक्रमहरु स्थगित गर्नुपर्ने, केहीको निर्माणमा स्वतः विलम्ब हुने, बजेटलाई रकमान्तर गर्नुपर्ने वा हाम्रा प्राथमिकताका क्षेत्रलाई पुनःव्यवस्थित गर्नुपर्ने अवस्थामा आइपुगेका पनि बताएका छन् । ‘हामी सबैलाई थाहा छ, यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिकता नागरिकहरुको स्वास्थ्य सुरक्षा हो, यतिबेलाको सबैभन्दा महत्वपूर्ण विकास निर्माण कार्य भनेको सङ्क्रमण फैलिन नदिने कुरा सुनिश्चित गर्ने हो’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।

यस्तो छ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशको पूर्णपाठ :

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

– सर्वप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी सा(है अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ।

– सिंगो विश्व समुदाय आज कोरोना सङ्क्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीले हामी नेपालीहरूलाई पनि छोएको छ । संसारभर छरिएर रहेका नेपालीहरुका आफन्तजनमध्ये कतिपयलाई सङ्क्रमित तुल्याएको छ र केहीलाई हामीबाट खोसेको छ । तपाईहरुको प्रधानमन्त्रीका रुपमा मैले यही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।

– यतिखेर देशभित्र र बाहिर रहनु भएका सबै नेपाली दिदीबहिनी दाजुभाइहरुलाई मेरो कामना छ– तपाईँ र तपाईँका परिवारजन र आफन्तहरू सबै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सक्नुहोस् ! जसलाई सङ्क्रमण भएको छ, उहाँहरुले यसमाथि विजय हासिल गर्न सक्नुहोस् ! अनि, कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं ! यस भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको छ । हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएका छौं । आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त छ ।

– मेरो नेतृत्वमा रहेको नेकपाको वर्तमान सरकार गठन भएको २ वर्ष बितेको छ । तपाई हामी सबैलाई थाहा छ, विगत दुई बर्षको प्रगति उत्साहजनक रहेको थियो । यदि यस महामारीको चपेटामा नेपाल नपरेको भए आज हामी, विकासको दरका बारेमा चर्चा गरिरहेका हुने थियौँ । विगतका उपलब्धिहरूको जगमा उभिएर नयाँ उचाइ हासिल गर्ने योजना बनाइरहेका हुने थियौँ । स्वदेशमै फलदायी रोजगारी वृद्धिदेखि कृषिको आधुनिकीकरणको कुरा गरिरहेका हुने थियौं । खनिज पदार्थको उत्खनन् कार्यलाई तीब्रता दिने तयारी गरिरहेका हुने थियौँ ।

– यतिबेला नेपाल भ्रमण वर्ष, २०२० को उल्लास फैलिरहेको हुने थियो । वर्षभरि २० लाखभन्दा बढी विदेशी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अभियानका रुपमा होमस्टे, होटल र रेष्टुराँहरु भरिभराउ हुने थिए । शहर–बजार, टे«किङ स्थल र पर्वतारोहणका गन्तव्यहरुमा पर्यटक र पर्वातारोहीहरुको चहलपहल व्यापक हुने थियो ।

– अहिले हामीहरु दूरगामी लक्ष्यसहित थालिएको ‘सगरमाथा सम्वाद’ भव्य रुपमा सम्पन्न भएकोमा खुशी मनाइरहेको हुने थियौँ । जलवायु परिवर्तन, पर्वत र मानव जातीको भविष्यका बारेमा हामीले गरेका छलफल र निकालिएका निष्कर्षको बारेमा विमर्श÷विश्लेषण गरिरहेका हुने थियौँ ।

समग्रमा विगतमा हामीले गरेका वाचाहरु, तिनको प्रगति र अब गरिने कामका योजनाबारे मैले यतिखेर देशवासीका सामू आप्mनो विश्लेषण राखिरहेको हुने थिएँ । पाँचवर्षको जनादेशको झण्डै मध्यतिर आइपुग्दा हाम्रा अपेक्षा र परिणाम बीचको दूरीबारे सम्वाद गरिरहेका हुने थियौँ ।

– तर आज हामीहरु एउटा भिन्न प्रकृतिको असहज परिस्थिति बीच नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेका छौँ । यस असहज परिस्थितिको शीघ्र अन्त्यको अपेक्षासहित म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्ष २०७७ शुभ रहोस् भन्ने पुनः हार्दिक कामना गर्दछु ।

– कोरोना भाइरस महामारीका कारण अहिले हामी भयावह अवस्थाबाट गुज्रिरहेका छौं । मेरो पछिल्लो पटकको संबोधनदेखि यताको पाँच दिनको यस अवधिमा थप ३५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । मानिसको जीवन रक्षाका लागि सिङ्गो विश्व अहिले ‘लकडाउन’मा छ । हाम्रा सम्पूर्ण गतिविधिहरु लकडाउनमा छन् । कतिपय परिवारका सदस्यहरु आफन्तबाट टाढा लकडाउनमा छन् । सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्नका लागि एकै ठाउँमा रहेर पनि कतिपय हामीहरु पारस्परिक दूरीमा छौं ।

– निःसन्देह, दुःखको यस घडीमा हामीभित्रको मानवीय भावनाले हामीलाई अझ दह«ो गरी जोडिरहेको छ । सिङ्गो नेपाली समुदाय राष्ट्रिय एकताको भावनात्मक एकतामा अझ घनिष्ट रुपमा आवद्ध भएको छ । तर भौतिक रुपले भन्ने हो भने चाहिँ हाम्रो सामाजिक सम्बन्ध जोड्ने धागो टुटेको छ । सिङ्गो विश्वको अर्थ व्यवस्थालाई गतिशील बनाइराख्ने उत्पादन प्रणालीको कडी टुटेको छ । अन्योल र भयको कहालीलाग्दो अवस्थाबाट अहिलेको समय गुज्रिरहेको छ ।

दिदीबहिनी तथा दाजुभाइहरु,

– म अहिले पाँच वर्ष अघिको त्यो कोलाहलपूर्ण अवस्था पनि संझिरहेको छु । त्यतिखेर विनाशकारी भूकम्पका कारण हाम्रा धेरै घरहरु ध्वस्त भएका थिए । आपूm उभिएको भूँइ घरीघरी नाचिरहेको अवस्था थियो । अस्पतालहरु घाइतेहरुबाट भरिभराउ थिए । कति उद्धारको अपेक्षामा चिच्याइरहेका थिए । कोही आफन्तको वियोगमा भावविह्वल थिए । न बस्ने ठाउँ छ, न सञ्चित गरिएका खानेकुरा बाँकी रहेको छ– घरबाट मानिस एकाएक सडकमा प्mयाँकिएका थिए ।

– त्यतिबेलाको अत्यासलाग्दो अवस्थालाई हामीले एक भएर सामना ग¥यौं । धैर्यता र साहसका साथ उभियौं, अघि बढ्ने प्रयास ग¥यौं । हजारौं भौतिक संरचना भत्किए पनि हामीले मनोबल भत्किएन दिएनौं, सङ्कटका काला बादलहरु हटेर सूर्यको उज्यालो छरिने विश्वासलाई टुट्न दिएनौँ । त्यसपछि आएका सबै अप्ठ्याराहरुलाई एक भएर एकएक गरी छिमल्दै गयौं । प्राकृतिक विपत्तिका कारण नेपालीहरु भौतिक संपत्तिका हिसाबले कमजोर भए होलान्, तर मानसिक रूपमा दरिद्रचाहिँ छैनन् भन्ने परिचय हामीले साहसका साथ दियौं । हामीहरुको यो साहस र धैर्यतालाई धेरैले प्रशंसा गरे, हामीलाई धुलो टक्टक्याएर उठ्न हात दिए । हामी नेपालीले परेको बेलामा प्रदर्शित गर्ने गरेको एकता र अनुशासनले नै भत्किएको धरहरा फेरि ठडिन लागेजस्तै शीर ठाडो पार्ने स्थानमा आइपुगेको स्मरण गर्न म सबैलाई हार्दिक आग्रह गर्दछु ।

– तर अहिले हामी, त्यस समयभन्दा भिन्न एक अदृश्य ‘शत्रु’ विरुद्ध युद्ध लडिरहेका छौं । यस्तो शत्रु, जसलाई रोकथाम गर्ने खोप या निको पार्ने औषधी अझै आविस्कार भएको छैन । यस्तो शत्रु, जसले हामीजस्ता विकासोन्मुख मुलुकलाई मात्रै होइन, विकसित र बलियो स्वास्थ्य संरचना भएका मुलुकहरुलाई पनि हायलकायल पारिरहेको छ ।

– हामीले यो युद्ध जित्नका लागि त्यसबेलाको भन्दा भि%A

१ बैशाख २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको