लकडाउन: पूर्व-पश्चिम राजमार्गमा जे देखियो [३० तस्बिरमा हेर्नुहोस]

बैशाख ०१, दाङ । विश्वभर कोरोना भाईरसको प्रभाव अझै गतिशील छ । विश्वभर कोभिडबाट मृत्यु हुनेहरुको संख्या हालसम्म १ लाख १४ हजार बढी पुगिसकेको छ ।

नेपालमा पनि पछिल्लो समय ४ जना कोरोना संक्रमित थप भए संगै १३ जना संक्रमित भेटिएका छन् तर र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी महिलाको स्वाव पुन: परिक्षणका लागि पोखरा पठाएको बताइएको छ । जसमध्ये एक जना सन्चो भैसकेका छन् भने अरुको अबस्था सामान्य रहेको छ । नेपालमा अहिले सम्म कोरोनाद्वारा मृत्यु हुनेहरुको संख्या शुन्य छ ।

यसरी देशले लकडाउन भोगेको आज २१औं दिन पुग्यो । पुर्व पश्चिम राजमार्गमा लकडाउन कसरि पालना भैरहेको छ भन्ने बारे लकडाउनको २०औं दिनको यो रिपोर्ट तयार पारेका छौ ।

नवलपरासी बर्दघाट

यतिखेर केन्द्रिय सत्ताको निर्देशनमा स्थानीयतहहरु कोरोना बिरुद्द लकडाउनलाई पालना गर्न/गराउन कडाई गरिएको छ । पुर्व-पश्चिम राजमार्गको विभिन्न नाकाहरुमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

एक स्थानीय तहबाट अर्को तहमा आवतजावत गर्ने सिमाक्षेत्रमा जरो नाप्नको लागि थर्मोगण सहित हेल्प डेस्कहरु खडा गरिएका छन् । बिशेषगरि कोरोना प्रभावित क्षेत्रबाट आउने वा लामो दुरीबाट आउने यात्रुलाई कडाईक साथ निगरानी गरिएको छ ।

उनीहरुको तापक्रम उच्च देखिए क्वारेन्टाइनमा राख्ने ब्यबस्था समेत गरिएको छ ।

पुर्व-पश्चिम राजमार्गको मुख्य नाकामध्ये नारायणघाटमा सुरक्षा कर्मीको बिशेष निगरानी रहेको छ । पास बिनाका यात्रुहरुलाई आवात-जावत पूर्ण निषेध गरिएको छ ।

बुटवल

दाउन्नेमा पुलिस र शसस्त्रको टोलीले बिशेष निगरानी बढाएको छ । यात्रुहरुलाई होटेलमा बस्न खान निषेध गरिएको छ ।

चितवन र बर्दघाटमा तापक्रम मापन गर्न हेल्प डेस्कहरु राखिएको छ । उक्त क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरुलाई थर्मोगणद्वारा चेकिङ हुनेगरेको छ । नवलपरासीको बर्दघाटमा सशस्त्र प्रहरीबल नेपाल सिमा सुरक्षा तालिम शिक्षालयले हेल्प डेस्क खडा गरेको छ ।

बुटवलमा कोरोना बिशेष अस्थायी अस्पताल निर्माण गरिएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा उक्त अस्थायी अस्पताल निर्माण भएको हो ।

अन्यक्षेत्र भन्दा नारायणघाट र बुटवलमा भने मान्छेहरुको चलहल अलि बढी देखिन्छ ।

लमही नगरपालिका स्वास्थ्य शाखा द्वारा दाङको लमही बसपार्क साइटमा हेल्प डेस्क राखिएको छ ।

यसैगरी घोराही उपमहानगर पालिकाको समन्वयमा हेल्प डेस्क खडा गरिएको छ भने क्वारेन्टाइनको ब्यबस्था पनि गरिएको छ । उक्त हेल्प डेस्क र क्वारेन्टाइन घोराही प्रवेशद्वारमा खडा गरिएको छ । अहिले ८ जनालाई क्वारेन्टाइनमा राखिएको एक स्वास्थ्य कर्मीले बताए ।

तस्बिर: केबी गुरुङ/गोपाल चन्द, पोष्टपाटी 

मनकामना

दासढुंगा

दासढुंगा

नारायणघाट

नारायणघाट पुल

मध्ये बिन्दु

मध्यबिन्दुमा राखिएको ट्राफिक सिम्बोल दुर्घटना क्षेत्र

मध्ये बिन्दु

नवलपरासी बर्दघाट

बुटवल

बुटवल

बुटवल

बुटवल

लुम्बिनी जाने मार्ग

लुम्बिनी जाने मार्ग

पुर्व-पश्चिम राजमार्ग

चन्द्रौटा बजार

धनखोला मन्दिर

लक डाउनमा धानखोला

भालुवाङ बजार

भालुवाङ पुल

भालुवाङ बजार

लमही बजार

लमही

लमही

घोराही हेल्प डेस्क

घोराही हेल्प डेस्क

घोराही बजार

 

प्रतिक्रिया दिनुहोस