सामन्तीहरुको उत्सब बनेको २५औं जनयुद्द दिवस


सर्वहारा वर्गको मुक्ति र अधिकारको निम्ति सुरुवात गरिएको महान जनयुद्ध आज २५ औं बर्षमा प्रवेश गर्‍यो । त्यो महान जनयुद्धले सामन्तवादका विरुद्ध सर्वहारा वर्गको झुपडी र मन मस्तिष्कमा उत्साह बाड्दै क्रान्तिको विगुल फुक्यो । गाउँ बस्तीहरुमा आधार इलाका निर्माण भए । जनसत्ता, जनअदालत, जनसरकार, जनसेना मजबुतरुपमा गठन भयो । फलस्वरूप, सामन्तवादी एकात्मक राज्य सत्ता गर्ल्याम्म ढल्यो र लोकतान्त्रिक गणतन्त्रको जन्म भयो ।

विश्व राजनीतिकमा २१औं शताब्दीको नयाँ युग सुरुवात भनिएको दिन थियो । निजि खुशी, पारिवारिक माया र परम्परागत्त सोच, चिन्तन र संस्कार त्यागेर निरंकुशतावादी सत्ताका विरुद्ध लडेर शहिद हुनु भएका महान योद्धाहरुप्रति भावपृर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

बेपत्ता योद्धाहरु, घाइते तथा अपाङ्ग, बेपत्ता परिवारजनहरुप्रती सम्मान प्रकट गर्दछु । त्यसैगरि नेपालको परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्ने पार्टीहरु, पार्टीका नेताहरु, परिवर्तनको मोर्चामा रहने नेता कार्यकर्ता र क्रान्तिकारी बिचार बोक्ने परिवर्तनकारी जनतामा महान बिचारको यो महत्त्वपूर्ण दिनको हार्दिक सुभकामना सहित अभिवादन व्यक्त गर्दछु ।

सर्बहारा बर्गीय उत्थानको लागि २५ वर्ष पहिले थलिएको क्रान्तिले उक्त बर्गको जित नहुँदै ढुलमुलाउदो अबस्थामा छ । क्रान्तिको नेतृत्वको गरेर सत्तामा पुगेकाहरुले परिवर्तनको आभास पाएपनि, जुन बर्गका लागि भनेर लड्ने लडाउने कार्य भयो, त्यहि बर्गले भने परिवर्तनको आभास अझै पाएनन !

युद्द्का १० वर्षहरु पार गरेर, शान्तिकालका १५ वर्षहरु काट्दा अझै सामन्तीहरुले जित्दै गए ! सर्बहाराहरु झनै नाङ्गै भए !

त्यो महान बिचार र आदर्श आज धेरैले छोडेर सामन्ती भैसकेका छन् । चिल्ला गाडी सुविधा सम्पन्न महल, नोकर चाकर राखेर हिड्नेहरुलाई ठुलै परिवर्तन भएको महसुस हुनु स्वभाविक छ ।

निजी सम्पत्तिलाई राष्ट्रियकरण गर्दै साम्यवाद पुग्ने संकल्प गरेका पार्टीका नेताहरु सरकारी जग्गालाई आफ्नो नाउँमा बनाउदै मालिक बनेर त्यसैलाई परिवर्तन मान्नेहरुले बिचारको रक्षा भन्दा पनि पद,पैसा र सम्पत्तिको रक्षामा लागेका छन् । यो महान दिन उनीहरुको निम्ति सत्ताको भर्र्याङ् र सम्पत्तिको मालिक बन्ने आधार बन्यो ।

गरिबका झुपडीहरुमा अझै महान जनयुद्धको स्मरण गरिरहेका छन् । उत्पिडन र अत्याचार रहदा सम्म बैचारिक संघर्ष रहिरहने विषयको जानकार सबै छौ । त्यो दिन आज एकातिर सम्झनाको पानामा मात्र सिमित जस्तै भएको छ । आर्को तिर क्रान्तिको संकल्प गर्दै फ़ेरि त्यो उच्च इतिहासलाई बचाउने साहस गर्दै छन् । राज्य व्यवस्था सामन्तवादी भएर उत्पीडित वर्गलाई दास बनाएर कंगाल बनाई रहेको समयमा । वर्ग संघर्षको माग हुनु स्वभाविक नै हुन्छ । यो व्यवस्थामा पहुँच भएकाहरुको गुलामी र चाकडी गर्नेहरुले पनि चिल्लो करोडौंको कारमा सयर गर्छन् । हिजो जनवादी क्रान्तिका नायकहरु आज धनवादी व्यवस्थाका मालिक भए । सुविधा सम्पन्न महल बन्यो । ठुला ठुला डिस्कोबारका मालिक भए । ठुला ठुला रिसोर्टमा बैठक हुन्छन् ।

झुपडीबाट सुरु भएको क्रान्ति आज निजि जीवनको थैलो भर्ने मस्तिमा बदलिएको छ । टपरीमा भात खाएर रुखको बुटालाई मंच बनाएर हुर्केको क्रान्ति आज करोडौं खर्चले बनेको सुविधा सम्पन्न मंचको प्रमुख अतिथि भएका छन् । हिजो दुश्मनलाई धावा बोल्दा मात्र क्रान्ति हुन्थ्यो । आज करोडौंको लगानीमा बनेको मंचले बोलेको क्रान्ति जनतालाई हावा भएको छ । जनयुद्धले कयौंलाई निजि सुविधाको मालिक बनायो भन्ने । कयौंलाई रगत र पिपको भेल बगाउँदै मरुभूमि पठायो । कयौंले युद्धमा लागेको घाउको उपचार नपाएर यो धर्ती छोडीसके । कयौं घाइतेहरु अझै जेल जीवन् बिताई रहेका छन् । साम्यवादको सुन्दर सपना बुनेर युद्ध मैदान लड्नेहरुलाई आज बाच्न मस्किल भएको छ । कयौं दिन भोक भोकै इट्टाभटा, सडकका गल्ली गल्ली,खोलाका किनारमा गिट्टी कुटेर बसेकाहरुलाई हिमालबाट बग्ने चिसो पानीले बचाई रहेको छ । जनयुद्धलाई मोलजल गर्ने झुपडीहरु भत्कीरहेका छन् । झुपडीहरुमा डोजर चलिरहेको छ ।त्यो भन्दा ठुलो सामन्तवादी अत्याचार कहाँ हुन्छ ? जनयुद्धका नायकहरुलाई बचाउने झुपडी त्यो झुपडीमा बस्ने महान त्यागी जनतले कस्तो महसुस गरिरहेका होलान ।

त्यति ठुलो त्याग,संघर्षबाट प्राप्त भएको गणतन्त्रले वर्ग चिन्न सकेन ।सहि र गलत बुझ्न सकेन । सुविधा मात्र खोज्यो,पद सत्ता र निजीकरणको माग गर्‍यो आखिर किन ? महान इतिहास बोकेको गाैरवशाली दिनहरु सामान्य छैन । त्याग, बलिदान र संघर्षका कयौं बिपत्तिहरु छन् । दुख, कष्ट,पीडा र अफ्ट्याराहरुमा रगतको भेल बग्यो आँसुका धारा झरे । जितमा खुसीका वर्षात थिए । हारमा साहसको नयाँ संकल्प हुन्थ्यो । शामन्तवादी एकात्मक पुजीवादी राज्य सत्ताका विरुद्ध आफ्नो ज्यानलाई मृत्यु पत्रमा हस्ताक्ष्ँर गरि साम्यवादको संकल्प गर्दै गर्दा कयौं योद्धाहरु सहिद भए । हजारौं घाइते अपांग छन् । कयौं लडाइहरुमा सफलता मिल्यो । कयौं लडाइ हार भए । त्यो महान गाैरवपुर्ण इतिहास बोकेको महान जनयुद्धलाई उच्च सम्मान छ । जनयुद्धको रक्तरंजित यात्रा गर्ने सबै प्रति उच्च सम्झना छ । त्यो महान जनयुद्ध भित्र सिक्ने जनवादी शिक्षाको प्रभावले पारेको मीठो साथबोलीने बचन । सामुहिक रहन सहन । बिचारमा सामुहिक कारण ।निति र सिद्धान्तमा एकरुपता । दस्तावेज माथिको सामुहिक छलफल कति अटल र सुन्दर थिए । कति प्रतिबद्ध थिए। सम्झिदा आज सपना जस्तो लाग्छ ।

आज हामीले २५ अाैं जनयुद्ध दिवस मनाई रहदा हाम्रो हरेक दिनका पाइलाहरु दुःख ,हर्षका कयौं पाठहरु छन् । न्यानो माया पिडादायी जिन्दगीका कयौं यादहरु ताजै बनेर यो महान दिनलाई सम्झिरेकाे हुन्छु । यो समय यस्तो निर्दय भएको छ हाम्रो आवाजहरु गुमनाम छन् । जनयुद्धको गर्भबाट जन्मेको गणतन्त्रले पनि वर्ग परिवर्तन गर्दै सामन्ती बनिरहेको छ । त्यो महान जनयुद्धको बलिदानबाट जन्मेको जनसत्ता सपना जस्तै भएको छ ।गणतन्त्र त आयो तर त्यहीँ जनयुद्धको बलले प्राप्त गरेको उपलब्धि बालुवाटार पुग्ने भर्र्याङ् मात्र बन्यो । त्यो महान इतिहास बोकेको जनयुद्ध आज सपनाजस्तै भएको छ । त्यसले बोकेको सिद्धान्त बिचार र आदर्शहरु चकनाचुर भए ।

महिला दिदीबहिनीमाथि बलात्कार, दलितमाथि छुवाछुत, जताततै भ्रष्टाचार । जतासुकै कमिसन र पावर । अर्बौंको कर छली ।जहाँ गयो त्यहाँ बिभेद र अत्याचार भएको देख्दा र सुन्दा निकै आक्रोसित बनाउँछ । यो सबै कारणको समिक्षा यो महान दिनबाट गराैं । त्यो महान इतिहासले कसैलाई धराने बंकुर भएर बस्ने छुट दिने छैन । अाफू र अाफ्नालाई मात्र मात्र बचाउने शासन प्रणालीलाई अत्य गर्म । यदि सच्चिन सकिएन भन्ने । इतिहासले सबै संग जबाफ मान्ने छ ।

क्रान्तिकारीका आँखाबाट धेरै आँसु बगिरहेका छन् ।

वर्गीय समंन्धहरु टुक्राटुक्रा भएका छन् । कोहि दरबारमा मोटाएका छन् । कोहि भाेकै रुँदै अरबको खाडीमा ज्यान बचाएका छन् । कोहि पद, पैसा,सत्ता र पहुँच खोज्दै छन् । कोहि क्रान्तिको संकल्प गर्दै जेलको फलामे पिजडा भित्र कैद भएका छन् । न्याय,मुक्ति र समानताको लागी भएको जनयुद्धले प्राप्त गरेको उपलब्धि धनको भकारीमा पुजीको प्रतिस्पर्धा गरिरहेको छ । राष्ट्रिय सम्पत्तिलाई निजीकरण गरिरहेका छन् । हामीले जे चाहेका छैनौं त्यहीँ हुन्छ । जनवादको सिद्धान्त बोकेर पुजीवादले अपनाएको मार्गमा यात्रा गर्दा कसलाई पो सामान्य लाग्छ र ? नेपालको राजनीतिमा उल्टो क्रमभङ्ग हुन्छ । नेपाली जनताले धेरै फेरा ठुला ठुला इतिहास रचेर संघर्ष गरेका कयौं इतिहास छन् ।

तर सधैं इतिहास रच्ने काम मात्र भयो । सत्ता त हिजो जसरी चलेको थियो आज पनि त्यसरी नै चलेको छ । जनयुद्धले बिरोध गरेको संसदीय व्यवस्था र परम्परागत्त मुल्य मानेता । आज झन बलियो र स्थापित भएर आएको छ । त्यसको मुख्य कारण भनेको जनयुद्धलाई सिंहदरबारको गद्दी सम्म पुग्ने सत्ता र शक्तिको भर्र्याङ् मात्र बनाईयो । त्यसको परिणाम । हिजो न्यायको निम्ति जनयुद्धमा सामेल भएका कयौंले कष्टकर जीवन बाच्न देह व्यापार गर्नुपर्ने बाध्यता बन्यो ।कयौं विदेशमा बेचिनु पर्ने बाध्यताको स्थिति आयो । हिजो जमिनदारको जग्गा धेरै भयो भनेर जमिनदारको जग्गा कब्जा गर्न हिड्नेहरु । आज जग्गा व्यापारी भएका छन् । हिजो मानव बेचबिखनका विरुद्ध लड्नेहरुले आज मानव बेचबिखन गर्ने म्यानपावर खोलेर बसेका छन् ।हिजो ठेकेदारले अत्याचार गर्‍यो भनेर गाउँ गाउँबाट लखेट्ने ।अहिले आफैं ठग्ने ठेकेदार बन्नुपरेको छ ।

पुरानो सत्ताले अत्याचार गर्‍यो भनेर गठन भएका नयाँ सत्ता संग अहिले करोडौंको गाडी चढ्ने शासक भएका छन् । हामीले अङ्गालेका जनयुद्ध कालिन संस्कार,साँस्कृतिक र मुल्य मान्यतामा खडेरी लागेको छ । त्यसैले एक पटक सबै क्रान्तिकारीहरुले बहस र समिक्षा गराैं । यो बदलिँदो परिवेशमा हामी संग भएको असन्तुष्टि र सन्तुष्टिको कारणको खोजी गराैं । कहिल्यै नझुक्ने इतिहास बोकेको जनयुद्धको उपलब्धि रक्षा गर्न सबै एक जुट बनाैं । यहीँ महान दिनको सम्झना र सुभकामना आदानप्रदान गर्दै टाढिदै गएका बिचार, सिद्धान्त र मन मस्तिष्कलाई वर्गीय एकता कायम गर्नुपर्छ । आगामी वर्ष जनयुद्धले उठान गरेका एजेन्डाले बिजय प्राप्त गरोस् । भ्रष्टाचार,कालोबजारी,तस्करी, घुसखोरी बढेर आएको छ । महंगी प्रत्येक दिनमा बढ्छ । मेहनत गरेर बाच्छु भन्ने सपना बुनेका श्रमिक वर्गप्रती यो व्यवस्थाले दिएको निर्दयता सामान्य छ भन्ने मलाई लागेको छैन ।

त्यसैले कम्युनिस्टहरुले बोक्ने बिचार ठिक हुँदा हुँदै पनि । नेपालका कम्युनिस्टहरु सत्तामा पुग्न साथ राजा महाराजाको जस्तै तामझाम शैली उपनाउने गरेका छन् । त्यसैले मैले कमरेडहरुलाई प्रश्न गरे – राजा र नारायणहिटीको ठाउँमा सिंहदरबार र सितल निवास भयो । उत्पीडित वर्गको हकहितको निम्ति भनेर बनेको सिंहदरबारले कमरेडहरुलाई धनी राजा बनाउदै गरिबको झुपडीलाई शासन गर्न थालेका छन् । त्यसले फ़ेरि बिचारको उत्पादन हुन सक्छ । यस्तै अन्याय अब धेरै सहेर बस्न सकिदैन । अन्यायलाई अत्य गर्ने सिद्धान्तको माग हुन सक्छ । कल्पना गराैं । एकदिन जसरी भएपनि अन्याय र अत्याचारलाई मुक्त गर्ने छौ । विचार ठीक र व्यवहार गलत बोक्नेहरु संग डराउनु पर्ने भएको छ ।

२०७६ फाल्गुन १,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको