विप्लव नेकपाका केन्द्रिय सदस्य आदर्श सहित १६ जना पुर्पक्षका लागि कारागार चलान


पुस २८, काठमान्डौ । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाका केन्द्रिय नेता चुडामणि ओली ‘आदर्श’ सहित १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधब प्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

सोमबार भएको पेसी बहसमा प्रतिबादीको तर्फबाट कानुन ब्यबसायीहरु बरिष्ट अधिबक्ता एकराज भण्डारी, अभिवक्ताहरु बाजुरा बार एसोसियसनका अध्यक्ष गगन रावल, सचिव पूर्ण रावत, हर्क खडायतले बहस गरेका थिए । बरामदी मुचुल्का नभई बनावटी भएको र कुटपिट गरि यातना दिएर बयान गराएको प्रतिवादीहरुको बयानमा उल्लेख छ ।

उनीहरुलाई कार्तिक २२ गते सुक्रबार गौमुल गाउँपालिका ३ स्थित माझपाली बाजुराबाट पक्राउ गरिएको थियो ।

ओलीसहित पक्राउ पर्नेहरुमा डम्बर सुनार, नरेश शाही, दीपक प्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा,उदय कशेरा, राजेश कुमार शाही, डबल बहादुर नेपाली, धर्म्सिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक, सृष्टि सिंह छन् ।

पुर्पक्षका लागि कारागार जाने केहि उमेर नपुगेका कलिला उमेरकाहरु पनि रहेको जनाएको छ ।

को हुन् चुडामणि ओली ?

रोल्पा गंगादेब -३ झ्याम घर भएका चुडामणि ओली ‘आदर्श’ प्रतिबन्धित नेकपाका न्याय बिभाग प्रमुख समेत हुन् । जनयुद्दको क्रममा पनि उनले लामो समय जेल जिबन बिताएका थिए ।

यसअघि बैशाख ६ गते पनि तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट पक्राउ परेका थिए । उनलाई दाङबाट सुनसरी पुर्याएर ८० दिनको हिरासत बसाईपछि जिल्ला अदालत सुनसरीले असार २३ गते रिहा गरेको थियो ।

अस्वस्थ्य अबस्थामा रहेका ओलीलाइ सुगर र प्रेसरको समस्या छ ।

५२ वर्षीय नेता स्थानीय स्तरमा बिकाशबादी नेताको रुपमा परिचित छन् । स्थानीय बिकासका लागि उनको ठुलो योगदान रहेको स्थानीय बताउछन । निडर र हक्की स्वभाबका उनि स्वच्च छबिका नेता भनेर चिनिन्छन ।

२८ पुष २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको