टोखा नगरपालिकामा एक घर एक कागती निशुल्क वितरण, साथमा बैंक खाता उपहार [फोटो फिचर]

पुस २८, काठमान्डौ । काठमान्डौको टोखा नगरपालिकाका महिलाहरुलाई कौसी खेतीका लागि कागतीको बिरुवा निशुल्क वितरण गरिएको छ । प्राकृतिक संरक्षण समाजले एक घर एक कागतीको बिरुवा कार्यक्रम अन्तर्गत आइतबार टोखामा रहेको म्यारी गोल्ड पार्टी प्यालेसमा वितरण गरिएको हो ।

नगरपालिका उप-प्रमुख ज्ञान माया डंगोलको प्रमुख्य आतिथ्यतामा महिलाहरुलाई कागती वितरण गरिएको थियो ।

कार्यक्रमको प्रायोजन एभरेष्ट बैंकले गरेको थियो । प्राकृतिक संरक्षण समाज र एभरेष्ट बैंकको संयुक्त आयोजनामा टोखा नगरपालिकामा रहेका महिलाहरुलाई ‘एक घर, एक बैंक खाता र एक कागती बिरुवा’ कार्यक्रम लागु गरेको हो । एभरेष्ट बैंकले महिलाहरुलाइ निशुल्क खाता उपलब्ध गराई एकसय रुपिया समेत खातामा जम्मा गरिदिएको कार्यक्रमका सभापति कुमार कटुवालले बताए ।

कार्यक्रममा उपस्थित सय भन्दा धेरै आमाहरु तथा दिदीबहिनीहरुलाई निशुल्क कागती वितरण तथा बैंक खाता खोलिदिएको कटुवालले बताए । कार्यक्रममा सहभागी सबैलाई खाजा ब्यबस्था समेत गरिएको थियो ।

यस्तो कार्यक्रमले प्राकृतिक संरक्षणमा पनि टेवा पुग्ने कटुवालले बताए । उनि बिगत देखि वातारण संरक्षण अभियानमा लागेका छन् । ‘गो ग्रीन सेभ नेचर, थिङ्क किलिन’ उनको अभियानको मुख्य नारा रहेको छ ।

कार्यक्रमलाई समाजकी सदस्य शर्मिला परियारले संचालन गरेको कार्यक्रमको सभापति प्राकृतिक संरक्षण समाजका अध्यक्ष कुमार कटुवालले गरेका थिए । प्रमुख अतिथिमा उपमेयर ज्ञान माया डंगोल थिइन् भने अन्य वडाका जनप्रतिनिधि र एभरेष्ट बैंकका प्रतिनिधिहरु अतिथि रहेका थिए ।

हेर्नुहोस फोटो फिचर:

प्रतिक्रिया दिनुहोस