संवैधानिक परिषदको बैठकमा देउवा उपस्थित नहुने


मङ्सिर २७, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषदको बैठकमा उपस्थित नहुने भएका छन् ।

प्रधानमन्त्री केपी ओली अध्यक्ष हुने उक्त परिषदको बैठक आइतबारका लागि बोलाइएको छ । २९ गतेका लागि आन्दोलनको तयारी गरिरहेको कांग्रेसले भने सभापति बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले आफूहरुले आन्दोलनको घोषणा गरिसकेको अवस्थामा संवैधानिक परिषदको बैठक तय गरिनु जायज नभएको बताए ।

साथै उनले बैठक स्थगित गर्नका लागि आग्रह गरे । यसअघि प्रधानमन्त्री ओली र देउवाबीच भएको छलफलमा संवैधानिक निकायमा नियुक्ति गर्ने विषयमा छलफल भएको थियो ।

तर यसबीचमा कांग्रेसले आन्दोलन घोषणा गरिसकेकाले परिषदको बैठकमा उपस्थित हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए ।

यसवाहेक सत्तारुढ दल नेकपाको समेत स्थायी समितिको बैठक २८ गते नै तय गरिएको छ । कांग्रेसको आन्दोलन र नेकपाकै बैठकका बीच परिषदको बैठक बोलाइनुमा नियत सफा नदेखिने कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले बताए ।

नेपाली कांग्रेसका केही नेताहरुले भने प्रधानमन्त्री ओलीले पार्टीकै स्थायी समितिको बैठक छल्नका लागि परिषदको बैठक बोलाएको अभिव्यक्ति दिएका छन् ।

संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

२७ मंसिर २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको