कार्तिक २७, सल्यान । सल्यान जिल्लाको बागचौर नगरपालिकामा २ जना कोरोना संक्रमित भेटिएका छन । बागचौर नगरपालिका ९ नम्बर वडाका ५५ बर्षिय र २ नम्बर वडाका ३६ बर्षिय ब्यक्तिमा कोरोना पुष्टि भएको हो।
उनिहरु बिरामी भएपछी बागचौरमा रहेको नेपाल जनप्रिय पोलिक्लिनिकमा उपचार गर्न पुगेका थिए । आराम नभए पछि नेपालगन्जमा रहेको कोहलपुर मेडिकल कलेजमा जाँच गराउदा दुबै जनामा कोरोना पुष्टि भएको बागचौर नगरपालिकाका स्वस्थ प्रमुख हरि बहादुर कठायतले पोष्टपाटीलाई बताए । संक्रमित दुबै जना कोहलपुर मेडिकल कलेजमा रेख्देख भैरहेको छ ।
कठायतका अनुसार संक्रमित ब्यक्तिका परिवारलाई पिसिआर परिक्षण गरिने छ भने बागचौर क्षेत्रमा सिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस