गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्ने नक्कली डाक्टर पक्राउ


असोज २६, काठमाडौं । पर्साको एक अल्ट्रासाउन्ड सेन्टरबाट नक्कली डाक्टर पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका-२ छप्कैयास्थित यादव अल्ट्रासाउन्ड सेन्टरबाट नक्कली डाक्टरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्सा विन्दवासिनी गाउँपालिका-३ का नारद साह छन्। उक्त अल्ट्रासाउन्ट सेन्टरमा उनले डा. शिवशंकर यादवको नाममा अल्ट्रासाउन्ड गर्ने र गर्भीवती महिलाहरूलाई औषधी दिने काम गर्ने गरेका थिए।

प्रहरीले शनिबार अपराह्न उनलाई पक्राउ गरी मुलुकी अप’राध सं’हिता २०७४ बमोजिमको इलाज सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।

साहले अन्य विरामीको समेत चेकजाँच गर्ने र औषधी लेखेर दिने गरेका थिए। उनी अहेब रहेको प्रहरीले पत्ता लगाएको छ।

लामो समयदेखि उनले विरामी जाँच्ने काम गरिरहेका थिए। अनुसन्धानका क्रममा साहले आफूले अनुभवका आधारमा लामो समयदेखि यसरी बिरामीको चेकजाँच गर्ने गरेको बताएका छन्।

उनीमाथि अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।

 

२६ आश्विन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको