दशैं–तिहारको १५ दिन काठमाडौं ठप्पै पारौं: सांसद श्रेष्ठ


असोज २६, काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले दशैं तिहारको १०–१५ दिन काठमाडौं ठप्प पार्ने प्रस्ताव गरेका छन् ।

‘दशैं तिहारको समयमा १०–१५ दिन ठप्पै बन्द नगरे काठमाडौंमा कोरोनाले थप महामारीको रुप लेला जस्तो लाग्छ’ सांसद श्रेष्ठले संसदको शिक्षा तथा स्वास्थ्य समितिको जारी भर्चुअल बैठकमा भने ।

आफैँ कोराना संक्रमित भएर अहिले निको भइसकेका सांसद श्रेष्ठले सरकारले कोरोना रोगको व्यवस्थापन उचित ढङ्गले गर्न नसकेको टिप्पणी गरे । ‘काठमाडौंको व्यवस्थापन असाध्धै सुधार गर्नुपर्छ । कोभिड ठूलो समस्या भएका कारण यसमा ध्यान दिनुपर्‍यो’ उनले भने ।

कोरानासम्बन्धी सूचना दिँदा नरम भाषा प्रयोग गर्न उनले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई आग्रह गरे । ‘मर्ने बेलामा मात्रै अस्पताल जाऊ भन्ने जस्तो गरी कुरा गर्न भएन । सकारात्मक रुपमा धारणा र सूचना दिन पर्यो’ उनले भने ।

कोरोना महामारीमा शिक्षा क्षेत्रको व्यवस्थापन सही ढंगले गर्न नसकेको भन्दै श्रेष्ठले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको आलोचना गरे । ‘शिक्षा मन्त्रालय दुई सय प्रतिशत फेल भइसक्यो’ उनले भने ।

२६ आश्विन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको