सक्रिय संक्रमितको संख्या ३३ हजार नाघ्यो, देशभर कुन जिल्लामा कति थपिए ? [विवरणसहित]


असोज २६, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ११ हजार आठ सय २ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना रहेका छन् भने होम आइसोलेसनमा १९ हजार ९५७ जना छन्।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना भाइरस संक्तमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा १ हजार ८८८ भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्‍तै पछिल्लो २४ घण्टामा कोरोनाले काठमाडौं उपत्यकाका ८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ४३० जनाको पीसीआर परीक्षण भएको छ । आइतबार १४ सय ७३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ।

हेर्नुस विवरण 

 

 

२०७७ आश्विन २६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको