सोमबार थपिए ४ हजार ४७ कोरोना संक्रमित


असोज २६, काठमाडौं । सोमबार कोरोनाका नयाँ ४ हजार ४७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको उनले बताए।

यस्तै काठमाडौं उपत्यकामा थप २२ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसमध्ये काठमाडौंका १ हजार ८ सय ८८ जना, भक्तपुरको ११८ जना र ललितपुरका २ सय ७७ जना छन्।

कोरोनाबाट १ हजार ४७३ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३३ हजार ८८० जना सक्रिय संक्रमित छन्।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ। सोमबार मात्र थप मृतक ९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

२६ आश्विन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको