दाङमा सुरु गरियो प्रदेश ५ कै सबैभन्दा ठूलो मेवा खेति [भिडियोसहित]


भदौ २७, दाङ । दाङको नारायणपुरमा ५ नम्वर प्रदेशकै सबैभन्दा ठूलो मेवा खेति गरिएको छ । शिद्धरत्ननाथ मावि नारायणपुरको अढाई विगाहा जग्गा बार्षिक ४५ हजार तिर्ने गरि लिजमा लिएर दूई जना युवा मिलेर यो मेवा खेति गरेका हुन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पुर्खेउली घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं. १५ मा समेत बसोबास गर्दै आएका ४६ बर्षे अधिबक्ता कुलबहादुर डाँगी र ४० बर्षे शिक्षक तुलसीराम केसीले मिलेर यहाँ मेवा खेति गरेका हुन ।

अधिबक्ता डाँगीले समाज शास्त्रमा र केसीले जनसंख्यामा मास्टर्स पनि गरेका छन् । अधिबक्ता डाँगीले १५ बर्षसम्म सरकारी जागिर समेत खाएका थिए । तीनै उच्च शिक्षा हासिल गरेका दूई जना युवाहरु मिलेर यो मेवा खेति गरेका हुन ।उनीहरुले मेवा खेति गर्नु पूर्व उक्त स्थान नाङ्गो डाँडो थियो । जुन जग्गामा उनीहरुले रेड लेडी जातको ३ हजारबढी मेवाको बोटहरु हुर्काएका छन् ।

उनीहरुले लगाएको मेवा ७ महिलापछि फल्न सुरु गरेको थियो । अहिले लटरम्म फलेको छ । उनीहरुले प्रति केजी ५० रुपैंयाका दरले त्यो बिक्रि गर्दै आएका छन् । एउटा बोटमा कम्तिमा पनि ३० देखि ४० केजी सम्म फल लागेको छ । एउटा मेवाको फल तौल गर्दा घटीमा आधा किलो र बढीमा साढे दूई किलो सम्मको छ । हालसम्म दूई जनाको मिलाएर करिव २४ लाख खर्च भएको उनीहरुले बताए । ‘रेड लेडी’ मेवाको जातहरु मध्य सबै भन्दा उत्कृष्ट मानिन्छ । ताइवानबाट विउ मगाएर उनीहरुले यहाँ बेर्ना हुर्काएर रोपका हुन ।

काठमाडौंवाट एक सय ग्राम बीउको एक लाखमा किनेर ल्याएको अधिबक्ता डाँगीले फरक कोणलाई बताए । ‘रेड लेडी’ जातको मेवाको विउलाई एक किलोको दश लाख पर्ने गरेको उनले बताए । मेवामा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । मेवा उष्ण प्रदेशमा राम्रो संग फल्ने गर्छ । दाङको वातावरण मेवा खेतिको लागि लागि उपयुक्त छ । यो ३५ डिग्री सेलसियस सम्मको तापकक्रम भएको ठाउँमा लगाउनु उचित मानिन्छ ।

मेवा एक पटक रोपे पछि ४ बर्षसम्म निरन्तर फल दिने जानकारहरु बताउँछन् । रेड लेडी जातको मेवाको विरुवा लगाउँदा अढाई प्रति बोट अढाई मिटरको बीचमा लगाउनु पर्छ । यो मेवा करिब ४ फिटको ६ फिट सम्म अग्लो हुन्छ । ४ देखि ८ महिनामा फल दिन सुरु गर्छ ।

२७ भाद्र २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको