भदौ २७, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।
जनसंख्या तथा मन्त्रालयका अनुसार शनिबार देशभरमा १४ जना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा तीन महिला र ११ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।
यसैगरि पछिल्लो २४ घण्टामा देशभर थप १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार आज काठमाडौँमा ३७७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा ८ सय ५२ जना कोरोनालाई जितेर घर फर्केका छन् । आज ८ सय ५२ जना निको भएसंगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।
नेपालमा अहिले १५ हजार २६० कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेका छन्।
यस्तै आइसीयूमा १६० जनाको उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा छन्।
प्रतिक्रिया दिनुहोस