शनिवार ८ सय ५२ जनाले जिते कोरोना भाइरस


भदौ २७, काठमाडौँ । गएको २४ घण्टामा ८ सय ५२ जना कोरोनालाई जितेर घर फर्केका छन् ।

आज ८ सय ५२ जना निको भएसंगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ३७ हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरि पछिल्लो २४ घण्टामा देशभर थप १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार १४ सय ५४ र बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार एकैदिन ६९६ जनामा कोरोना पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार आज काठमाडौँमा ३७७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिले १५ हजार २६० कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेका छन्।

यस्तै आइसीयूमा १६० जनाको उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट हालसम्म ३३६ जनाको मृत्यु भएको छ। शनिबार मात्रै १४ जनाको मृत्यु भएको छ।

 

२७ भाद्र २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको