काठमाडौँ उपत्यकामा ४ सय ३१ संक्रमित, कुन जिल्ला कति ? (सूचीसहित)


भदौ २७, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार एकैदिन ६९६ जनामा कोरोना पुष्टि भएको थियो ।

शनिबारघटेर ४३१ जनामा मात्र संक्रमण पुष्टि भएको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार आज काठमाडौँमा ३७७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा देशभर थप १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार १४ सय ५४ र बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण देखिएको थियो ।

नेपालमा अहिले १५ हजार २६० कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ। यो डिस्चार्ज हुनेको ७० दशमलव ६ प्रतिशत हो।

यस्तै आइसीयूमा १६० जनाको उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट हालसम्म ३३६ जनाको मृत्यु भएको छ। शनिबार मात्रै १४ जनाको मृत्यु भएको छ।

हेर्नुस सुची 

 

२७ भाद्र २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको