थप रह’स्यमय बन्यो भक्तपुर ‘ह’त्या’ प्रकरण


भदौ २७, काठमाडौं । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको ह’त्या घटना थप रह’स्यमय बन्दै गएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको ह’त्या प्रकरण रह’स्यमय बनेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।

मथिनपा–६ कुण्डोल बस्ने मृ’तक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृ’त देखेपछि घटनाबाहिर आएको थियो ।

सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकल माथि थियो ।

भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भ¥याङको प्यासेजमा सेतो कुकुर म’रिरहेको थियो । दोस्रो तलाको दाजुको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृ’त देखेपछि आत्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृ’त्यु भएको देखे ।

त्यसपछि माथि जाँदा भान्छाभन्दा बाहिर कौसीमा निस्कने ढोकाको प्यासेजमा घोप्टो परेर दाजु सुदीपको पनि श’व देखे । गत आइतबार सोह्रश्राद्धमा सबै परिवार भेट भएको थियो । शुक्रबार दाजुको परिवारलाई मासु पु¥याउन आएका भाइ सुनिलले दाजुको परिवार सबैलाई मृ’त देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा खबर पाएलगत्तै अपराह्न ५ बजे नजीकै रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलको टोली पुगेको थियो । प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापा भने पौने ६ बजे मात्रै घटनास्थल पुगेकी थिइन् ।

घटना भएको क्षेत्रलाई प्रहरीले अनुसन्धानका लागि आफ्नो घेरामा लिएपछि महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाको टोली र त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल थापाको टोलीसहित फरेन्सिक ल्याबको टोलीसमेत घटनास्थल पुगेको थियो ।

टोलीले राति ११ बजेभन्दा पछिसम्म अनुसन्धान गरी मचुल्का उठाएर श’व परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको थियो ।

सुदीपले श्रीमती र छोराको ह’त्या गरेको केही दिनपछि वि’ष सेवनबाट आफैँले आ’त्मह’त्या गरेका हुन् कि भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सम्झना र शुशान्तलाई धा’रिलो ह’तिया’रको प्रहा’रले ह’त्या गरिएको छ ।

ह’त्यापछि सम्झनालाई भित्तापट्टि कोल्टो राखेर माथिबाट ओढ्ने ओढाइदिएको छ भने शुशान्तको पनि टा’उको र घाँ’टीमा धा’रिलो हति’यार प्रयोग गरेर ह’त्या गरेको पाइएको छ । ह’त्यापछि घो’प्टो बनाएर माथि पहेँलो रामनामी कपडाले छोपेको अवस्थामा सुशान्तको श’व भेटिएको छ ।

ओछ्यानदेखि भित्तामा समेत रग’तको छिटाहरु छन् । र’गत सुकिसकेको र दुवै श’व गलेर ग’न्हाउ’नुका साथै घा’उमा किरा पर्न थालेको थियो । सुदीपको श’व भने गलेको र गन्हा’एको पनि थिएन भने शरीरमा कुनै बाहिरी चो’ट’प’टक पनि छैन ।

प्रहरीका अनुसार तीनवटै श’व हेर्दा एकै दिन मृ’त्यु भएको होइन । सम्झना र सुशान्तको केही दिनअघि र सुदीपको केही दिनपछि मृ’त्यु भएको अनुमान प्रहरीको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख तारादेवी थापाले भने महाशाखाको टोलीले घटनास्थलको अनुगमन र अनुसन्धान गरेकाले आफूलाई यस बारेमा केही पनि थाहा नभएको प्रतिक्रिया दिइन् ।

महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक थापाले मृ’तकको श’व र कुकुरको परीक्षणको रिपोर्ट आएपछि घटनाबारे थप कुरा थाहा हुने जानकारी दिए । उनले भने, ‘मृ’तक तीन जनाकै पोष्ट’मार्टमको रिपोर्ट र पशु प्रयोगशालाबाट कुकुरको पनि पोष्ट’मार्टमको रिपोर्ट आउँछ, त्यसपछि घटनाका बारेमा थप भन्न सकिन्छ ।’

वरिष्ठ प्रहरी उपरीक्षक थापाले भने, ‘सम्झना र सुशान्तको टाउकोमा गहिरो चो’ट छ । सुशान्तको श’वसँगै ओ’छ्यानमा र’गत लागेको मासु का’ट्ने फलामको दाप (चु’प्पी) भेटिएको छ । श’व गलिसकेको, ग’न्हाउन थालेको र घा’उमा किरा पर्न थालेको छ तर सु’दीपको श’व ग’न्हाएको र गलेको छैन । सुदीपको श’व नजीकै रहेको थालमा बा’न्ता गरेको छ । कुकुरको पनि त्यस्तै छ । भान्छामा साग र भात छ ।

प्रारम्भिक अनुसन्धानमा सुदीप र कुकुरको वि’ष सेव’नबाट मृ’त्यु भएको अनुमान छ । घरको ढोका खुलै भएकाले बाहिरी मान्छेको प्रवेश भएर ह’त्या भएको हो कि भन्ने आशङ्का रहे पनि घटनास्थल र अवस्था हेर्दा बाहिरको व्यक्ति प्रवेश गरेर ह’त्या गरेको हो भनेर यकिन गर्ने अवस्था छैन ।’

प्रहरीले सुदीपको बा’न्ता पनि परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । थापाले भने, “प्रहरीले अनुसन्धान जारी राखेको छ, आज बिहान पनि घटना भएको घरको बाहिर खेतमा खोजतलास गर्ने क्रममा सल्फर लेखिएको वि’षको दुईवटा बट्टा भेटिएको छ, थप सबुत प्रमाणको खोजी र अनुसन्धान जारी छ । विधि विज्ञान प्रयोगशालामा पठाएर अनुसन्धान भइरहेको छ ।’

घटनास्थलमा प्रहरीसहित फरेन्सिक विज्ञ टोलीसमेत खटिएको र प्रहरीले श’व परीक्षणसँगै भिसेरा परीक्षणसमेत गर्ने भएको छ । वि’ष वा लठ्याउने अन्य कुनै औषधीको प्रयोगबाट मृ’त्यु भएको हो वा होइन भन्ने कुरा भिसेरा परीक्षणमार्फत पत्ता लाग्छ ।

मृ’तकका आफन्तले आज महानगरीय प्रहरी वृत्त थिमिमा घटनाको स’त्यतथ्य छानिबिन गरी दो’षीलाई का’रबाही गर्न माग गर्दै जा’हेरी दिएको थिमि वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिए ।

चार दिनअघि मृ’तकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिँदै स्थानीयवासीले निषेधाज्ञाका कारण उनीहरु बाहिर आए/नआएको याद नभएको भनाइ छ । रासस

२०७७ भाद्र २७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको