ए सरकार अलिकती मुस्कान चाहियो !


ए सरकार अलिकती मुस्कान चाहियो
छ भने तिमिहरुसंग अलिकती बिबेक चाहियो ।

हेर देश आज बाढी र कोरोनाले ग्रस्त छ
मर्ने मरिहाले बाच्नेलाइ अलिकती राहत चाहियो ।

उद्घाटनमा जादा हेलिकप्टर चाहिने तिमिहरुलाई
जनतालाई पानी भर्न जाने एउटा बाटो चाहियो ।

साठ्ठी लाख युवा प्रदेशीएको थाहै होला,
ती जनतालाई थोरै भएपनि रोजगार चाहियो ।

गाइजात्रा देखाउने होइन सरकार
जनतालाई बिश्वास दिलाउने एउटा नेता चाहियो

लक्षमण जि. सि.”
पाल्पा रामपुर न. पा. ४

२८ श्रावण २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको