ब्यबसायिक अभ्यासको आभास कहिले पाउने ?


ज्ञाल्छेन लामा तामाङ/ काठमाडौं,

कला र सिर्जना मनोरन्जनको साधन मात्रै होइन । कला सिर्जना समाजको यथार्थ चित्रण गर्ने सशक्त माध्यम पनि हो । समाजको यथार्थ लिखित दस्ताबेज, आवाज र दृश्य पनि हो । यसैको माध्यमबाट ईतिहास र बर्तमानको अबस्था बारे सजिलै जानकारी लिन सकिन्छ । त्यसैले एउटा बिद्वानले भनेका थिए- “मानव सभ्यता भनेको जिउँदो(बर्तमान) हरुको मात्रै नभई मरिसकेका(ईतिहास) र अब जन्मिन बाकी(भबिस्य) बिचको एउटा समझदारी हो ।”

इतिहासलाई घटनाक्रमहरुको यथार्थ बिबरण मान्न सकिन्छ भने कला र सिर्जनालाइ ईतिहास, बर्तमान र भबिष्यको यथार्थ हस्तान्तरण मानिन्छ । त्यसो भए प्रश्न उठ्छ कला सिर्जनामा भबिश्यलाई प्रतिनिधित्व गरेर प्रस्तुत गर्न सकिन्छ त ? अबस्य सकिन्छ ।

भुत, बर्तमानमा भएको बिकराल जटिल समस्यालाई पहिचान गरि समाधानसङ्गै रोकथामको उपाय र मार्ग देखाउनुलाई उत्तरको रुपमा चिन्न सक्नुपर्छ । दृष्टिकोण त्यो होइन जुन कुरा देखिन्छ, दृष्टिकोण त्यो हो जसले अदृष्यलाई पनि देख्ने क्षमता राख्दछ । यसलाइ दुरदृष्टी अथबा दुरदर्शिता भनिन्छ ।

दुरदर्शिताबिना कुनै ब्यक्तिले दर्शन जन्माउन सक्दैन ।जन्माइहाले पनि त्यस्तो दर्शन दिगो रहदैन । विश्वमा परिपक्व अथबा अमर दर्शन मध्ये बुद्ध दर्शनलाई मान्न सकिन्छ? जुन आजभन्दा 26 सय बर्ष अगाडि महामानब सिदाहा बुद्धले देख्नुभएको दृष्टिकोण थियो । जुन पहिलेदेखि नै सत्य थियो । आज पनि, भोलि पनि सत्य नै रहिरहनेछ ।

हामीलाई कला र सिर्जना क्षेत्रमा त्यस्तै ब्यक्तित्वहरुको आबश्यक छ जुन दृष्टिकोणले कला सिर्जना क्षेत्रलाई ब्यबस्थित र मर्यादित गर्दै सम्बर्द्दन प्रबर्द्दन गर्न सकियो ।

यहाँ कला र सिर्जनाको मात्रै चर्चा गरिरहदा कला र सिर्जना के हो त भन्ने प्रश्न उठन सक्छ । कसैले थाङ्का कोर्न आउँछ भने त्यो पनि एउटा कला र सिर्जना नै हो । कसैलाई खेतबारी खनजोत, डकर्मि, सिकर्मी गर्न आउँछ भने त्यो पनि सिर्जना नै हो । कसैलाई लेख्न, गाउन, सङ्गीत भर्न, भाषण गर्न, नृत्य र अभिनय गर्न आउँछ भने त्यो पनि कला र सिर्जना नै हो ।

बौद्दिक कला र भौतिक कलाको मात्रै फरक हो तर यी दुबैलाई हामिले बिकासको मेरुदण्डको रुपमा रुपान्तरण गर्न सक्नुपर्छ । यहाँनेर एउटा जटिल प्रश्न उठ्छ कि, एउटा सिकर्मी, डकर्मिले दिनभरी काम गरेर आफ्नो पारिश्रमिक काममा लगाउनेसङ्ग लिन्छ भने एउटा स्रष्टा कलाकारले महिनौ लगाई लाखौं खर्च गरेर बजारमा ल्याएको सिर्जना हेर्ने, सुन्ने स्रोता र पाठकबाट आफ्नो पारिश्रमिक लिन किन हिच्किचाउने ? त्यो मापदण्ड अनुसार संविधान किन नबनाउने ? स्रस्ताहरुको प्रतिलिपी अधिकार खोइ ? सर्बाधिकार कसले लुट्यो ?

पुस्तौदेखिको एकाधिकारलाई तोड्न आधुनिकिकरणसङ्गै भित्रेको डिजिटल प्रबिधिले केही हदसम्म सहयोग गरे पनि यो नै अन्तिम बिकल्प चाहिँ होइन । सर्बब्यापी रुपमा सन्चालनमा आएको सामाजिक सन्जाल Youtube, Facebook, Twitter, instagram, Tiktok, Viver, Emo, Whatsapp इत्यादी डिजिटल एपहरु मार्फत स्रस्टा कलाकारहरुले आफ्नो सिर्जनाहरुलाई सम्बर्द्दन र प्रबर्द्दन त गरेकै हो तर त्यो भन्दा बेसि ठगिदै आइरहेको छ ।
ती डिजिटल एपहरुलाई माध्यम मात्रै हो भनेर बुज्नुपर्छ स्रस्टाको रुपमा होइन ।

आज स्रस्टाहरु आफै लेखक आफै पाठक, आफै सर्जक आफै दर्शक, आफै गाउने आफै सुन्ने दरिद्र अबस्थामा पुर्याइएको छ । यदि स्रस्टाहरुको कला, सिर्जनालाई मर्यादित अनि ब्यबस्थित गरि सिमित मापदण्ड बनाएर दर्शक स्रोता र पाठकमाझ पुर्याउने हो भने यहाँबाट राज्यले थुप्रै आर्थिक लाभसङ्गै स्रस्टा कलाकार पनि आफ्नो क्षमताअनुसार फल्ने फुल्ने मौका पाउने छ । बिडम्बना हामी शुन्यतातिर दौडिरहेको छौँ ।

हुन त सस्तो लोकप्रियताको लोभले पनि होला, सामाजिक सन्जाल दुरुपयोग र कलाकारहरु माथी सामाजिक सन्जालहरुमा त्यत्रो अन्याय हुँदा पनि चुइक्क बोल्न सकिरहेको हुँदैन । कतिको त मानसिकता नै facebook, youtube, instagram भनेकै कलाकार हो भन्ने मानसिकतामा गुज्रिरहेका देख्छौँ । हार गुहार माग्दै आफ्नो सिर्जना हेर्न सुन्न तछाड मछाड गरि बिन्ती बिसाइरहेको पाउछौँ तर राज्यसङ्ग आफ्नो अधिकार माग्न भने यिनिहरुले कहिले पनि आबश्यक ठान्दैनन् । बबुरा अधिकार बुजे पो अधिकार माग्नु ?

आफ्नो सिर्जनाको सर्बाधिकार, प्रतिलिपी अधिकार र आर्थिक अधिकार त्यो ब्यक्तिको अधिकार क्षेत्रको बिषय हो । नेपालमा यो अधिकारहरु पुर्ण रुपले खोसिएको अवस्था छ । यसको प्रमुख कारण भनेको स्रस्टाहरुको कायरता, सामाजिक सन्जालको दुरुपयोग, ऐन कानुन निर्माताको अदुरदर्शिता, अयोग्यताको परिणाम हो ।

त्यसैले म सम्पुर्ण स्रस्टाहरुलाइ अनुरोध गर्छु कि अब हामिले हाम्रो भबिष्यको निम्ति राजनितिमा आउनुपर्छ । लोकतान्त्रिक ब्यबस्थालाईआत्मसात गरि चुनाबी प्रतिस्पर्धामा उभेर कानुन बनाउने स्थानमा पुगौ । होइन भने त्यस्तो ब्यक्ती र सङ्गठनलाइ त्यो स्थानमा पुर्याउन सहयोग गरौं ।

म एउटा स्रस्ता वा सचेत नागरिकको हैसियतले कलाकारको न्यायको पक्षमा सम्पुर्ण कलाकर्मी, सर्जक, स्रस्ता, संवन्धित ब्यक्ती, संघ संस्था र निकायहरुले निम्न कुराहरुमा ध्यानदिन आबस्यक देखिन्छ ।

• कला, सिर्जना र साहित्य क्षेत्रमा एकाधिकारलाई तोडेर सर्बाधिकार प्रणाली लागू गरिनुपर्छ ।
• कुनै पनि स्रस्टाको आफ्नो सिर्जनाको प्रतिलिपी अधिकार र आर्थिक अधिकार सुनिस्चित बनाउने ।
• बढदो बिकृतिलाई रोक्न, सिर्जनालाई मर्यादित अनि ब्यबस्थित गर्न निश्चित ऐन कानुन बनाई कार्यन्वयन जोड दिने ।
• सामजिक सन्जाल, सरकारी सन्चारमाध्यम, निजि सन्चार माध्यमबाट हुने स्रस्टा माथिको अन्याय रोक्न अग्रगामी कदम चाल्ने ।

२८ श्रावण २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको