बुटवल पुर्ण लकडाउन गर्ने उपमहानगरको निर्णय

फाइल तस्बिर

साउन २८, बुटवल । बुटवल उपमहानगरपालिकाले साउन २९ देखि भदौ ५ गतेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरेको उपमहानगरले जनाएको छ ।

बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताईन् ।

बुटवलमा रहेका लाइ बाहिर जान र बुटवल आउनका लागि भोलि बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको उनले बताईन । लकडाउनमा अत्याआवश्यक बाहेक अरु सबै ठप्प हुने छ ।

उपमहानगरपालिका र वडा कार्यालय समेत अत्यावश्यक बाहेकका काम नहुने, वित्तिय संस्थाहरुले समय तालिका स्वीकृत गरी खोल्नुपर्ने र दुधका लागि विहान ८ देखि ११ र साँझ ५ देखि ७ बजेको समय तोएिको छ ।

अघिल्लो साता हाटबजार लगायतका बढी भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।

२८ श्रावण २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको