ह्वात्तै घट्यो सुनको मूल्य, कति छ आज ? हेर्नुहोस्


साउन २८, काठमाडौँ । नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला छ हजार २ सयले घटेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु २२५ ले घटेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार २१० निर्धारण गरिएको छ ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार पुगेको थियो । मङ्गलबार पनि सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा गिरावट आएको छ । प्रतिऔँस दुई हजार डलर नाघेको सुनको मूल्य आज विश्वबजारमा प्रतिऔँस एक हजार ८९०.५५ डलरमा झरेको छ ।
महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताए । विश्वबजारमा सुनको भाउ घट्नुको कारणबारे आफूले अध्ययन गरिरहेको पनि उनले बताए । रासस

२८ श्रावण २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको