पत्रकार बलराम बानियाँ मृत फेला 


साउन २८, काठमाडौँ । पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।                                                  सोमबार (साउन २६ मा) ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो ।

परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँमा बनियाँ बेपत्ता भएको हुनाले ‘खोजी पाउँ’ भन्दै निवेदन दिएका छन् । बल्खुमा उनको जुत्ता फेला परेको थियो ।महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले बानियाँ शव फेला परेको पुष्टि गरे ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पु¥याएको खुलेको छ । घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।

तनहुँ घर भएका बानियाँ कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता हुन् ।

२०७७ श्रावण २८,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको