आजै ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, कति पुगे संक्रमित ? हेर्नुहोस्


जेठ ३० काठमाडौं | नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ | शुक्रबार हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितको भेटिएको छ | आज नेपालमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । कुल संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष संक्रमित छन् भने ३ सय ५३ जना महिला संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज नेपालमा एकैपटक ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै उनीहरु सबैको स्वासथ्य अवस्था सामान्य रहेको बताए । यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ जनाको मृत्यु भएको छ

३० जेष्ठ २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको