जेठ २९, काठमाडौं | नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ | बुधबार अर्घाखाँचीमा मृत्युन ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै मृतकको संख्या १६ पुगेको हो |
मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बिरामी परेका उनको बुटवलबाट उपचार गराएर फर्किँदा बाटोमा नै मृत्यु भएको थियो |
उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएकोमा बिहिबार कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ |
स्वासप्रस्वासको समस्या भएपछि उनलाई बुधबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । बुटवलमा उपचारपछि घर फर्किने क्रममा उनको मृत्यु भएको थियो ।
नेपालमा हालसम्म ४६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | बिहिबार मात्र २५० नयाँलाई संक्रमित थपिएका छन् |
प्रतिक्रिया दिनुहोस