कठोर हाम्रो जिन्दगी छातीमा आगो बल्ला जस्तो
धिक्कार छ हाम्रो जिन्दगी माऊ बिनाको चल्ला जस्तो
देश हाम्रो भए पनि परदेशमा जीवन काट्नु प-या छ
नुनको भाउमा हामी सधैंभरी खून साट्नू प-या छ
एल्ला नेपाळी ताल भनेपछि नाम सर भन्नु प-या छ
गैती बेल्चि खेलाएनी ठूलो हामी प-या छ
देश भएर के गर्नु गरीबको सरकार छैन त्यहाँ
मानव भएर के गर्नु मानवको ब्यहार छैन यहाँ ।
लक्षमण जीसी
पाल्पा रामपुर,
हाल: साउदी अरबिया
प्रतिक्रिया दिनुहोस