बागलुङकी एक महिलामा कोरोना संक्रमण देखियो


चैत ३०, बाग्लुंग । बागलुङकी एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । र्‍यापिड टेस्ट गर्ने क्रममा ती महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले र्‍यापिड टेस्ट गर्ने क्रममा बागलुङ काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

यद्यपि, ती महिलाको स्वाव पुनःपरीक्षण गरेपछि मात्रै आधिकारिक प्रमाणित हुने उनले बताए ।

र्‍यापिड टेस्टमा देखिएको हो,’ उनले भने, ‘यसको पुनःपरीक्षण हुन्छ । पुनःपरीक्षणको लागि पोखरामा पठाउने कुरा भएको छ ।’ आइतबारको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी महिलाको स्वाब सोमबार पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पुनःपरीक्षणको लागि पुर्‍याइने उनले बताए ।

हिजोदेखि सुरु भएको र्‍यापिड टेस्टमा जम्माजम्मी ५ सय ८५ जनाको टेस्ट गरिएको उनले सुनाए । संक्रमित महिलाको परिवारलाई क्वारेन्टाइनमा राख्ने प्रयास पनि सुरु भईसकेको छ ।

संक्रमित महिला तीर्थयात्रामा भारत गएर फर्केकी थिइन् ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका दुई जनाको बागलुङमै उपचार भइरहेको छ ।

हालसम्म बागलुङमा पछिल्लो देखिएको पोजेटिभ केसबाहेककै नेपालमा १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमा एक जना भने निको भएर घर फर्किसकेका छन् ।

३० चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको