प्रतिनिधिसभा बैठक बस्दै : के छन् एजेन्डा ?


माघ २९, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिएका छन्।

बैठकमा विभिन्न विधेयक र प्रतिवेदन पेश हुने कार्यसूचीमा उल्लेख गरिएको छ।

कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्ने कार्यसूचीमा जनाइएको छ।

यस्तै, गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक २०७६ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र कारागार विधेयक २०७६ पेश गर्ने कार्यसूची रहेको छ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको पारमाणविक विधेयक २०७६ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र विधेयक २०७६ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

२९ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको