नवलपरासीमा ट्याक्टर दुर्घटनामा चारको मुत्यु, १५ घाईते, दुई गम्भीर

फाइल तस्बिर

माघ २९, नवलपरासी । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका मा गए राती भएको ट्याक्टर दुर्घटनामा चारको ज्यान गएको छ भने १५ जना घाइृते भएका छन् ।

बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको घटनास्थलमै ज्यान गएको छ । र्दुर्घटनामा १५ जना घाईते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका बासिन्दा हुन् । मृत्यु हुनेमा बर्ष ५० का यमसिहं सारु मगर,बर्ष ३२ का नरबहादुर सुस्लिगं मगर, बर्ष २५ का नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र बर्ष ४५ का पुर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटना साँझ ८.०० बजे तिर भएका पनि बिकट गाउँको भित्री कच्ची सडकमा भएकाले राती अबेर मात्र प्रहरी र स्थानीयले थाहा पाएर उद्दार गरेका स्थानीय शिक्षक भबिलाल रानामगरले बताए ।

दुर्घटनामा घाइृते भएकाहरु मध्ये दुइृको अबस्था गम्भीर रहेको र घाइतेलाई भरतपुर अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

२०७६ माघ २९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको