चलचित्र पत्रकार संघ दाङको चौथो अधिबेशनको सम्पुर्ण तयारी पूरा


पुस २७, दाङ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको चौथो अधिबेशन भोलि (सोमबार) सम्प्पन्न हुुुुने भएको छ । साथै उक्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको संघका अध्यक्ष धुर्ब राज न्यौपानेले (डि.आर. एन) ले जानकारी दिए ।

वि.सं.२०७३ सालमा तेस्रो जिल्ला अधिवेशनबाट ध्रुवराज न्यौपानेको अध्यक्षतामा तीन वर्षका लागि निर्वाचित कार्यसमितिको समयावधि सकिएकाले संघको चौथो जिल्ला अधिवेशन गर्न लागिएको हो। आगामी तीन वर्षका लागि नयाँ कार्यसमितिको निर्वाचित गर्ने चौथो जिल्ला अधिवेशनमा चलचित्र पत्रकार संघ दाङका संस्थापक अध्यक्ष किशन रेग्मीले आफ्ना हजुरबुबाको सम्झनामा स्थापन गरेको ११ हजार १ सय ११ रुपैयाँ राशिको देवलोचन स्मृति रंगपत्रकारिता पुरस्कारबाट जिल्लामै बसेर रंगपत्रकारिता गरिरहेका रंग पत्रकार सन्तोष के.सी.लाई पुरस्कृत गरिनेछ भने अन्य केही चलचित्रकर्मी, कलाकार एवं रंगपत्रकारहरुलाई सम्मान समेत गरिनेछ।

चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय अधिवेशन नजिकिदै गर्दा केन्द्रले पनि सबै जिल्ला शाखाहरुमा जिल्ला अधिवेशन गर्न परिपत्र गरेअनुसार केन्द्रसंगको समन्वयमा नै अधिवेशनको मिति फाइनल गरिएको संघका अध्यक्ष ध्रुवराज न्यौपानेले बताएका छन् ।

साथै दाङ शाखाको जिल्ला अधिवेशनमा प्रमुख अतिथिका रुपमा चलचित्र विकास वोर्डमा पुर्व अध्यक्ष डा.अमर गिरि र चलचित्र पत्रकार संघ नेपालका संगठन उपाध्यक्ष दिनेश सिटौला लगाएतका विशिस्ट व्यक्तिहरु दाङ आउने पनि अध्यक्ष न्यौपानेले जानकारी गराए। तुलसीपुर स्थित रिपोर्टर्स क्लबको हलमा हुने चलचित्र पत्रकार संघ दाङको चौथो जिल्ला अधिवेशनमा उपस्थित भएर कार्यक्रमलाई सफल बनाइदिनुहुन सम्पुर्ण उद्योगी, व्यावसायि, कलाकार, पत्रकार, बुद्धिजीवी एवं शुभचिन्तक सबैलाई अध्यक्ष न्यौपानेले अनुरोध गरेका छन्।

२७ पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको