बौद्धमा गोली चल्यो


पुष २७, काठमाडौं । काठमाडौंको बौद्धमा गुण्डा विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । डिएसपी रमेश बहादुर सिंहका अनुसार महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाएको हो ।

विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई भेटेको सिंहले बताए । भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको जानेको छ । हाल उनलाई वीर हस्पिटल पठाइएको छ ।

प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ । त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।

२०७६ पुष २७,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको