दाङबाट रोल्पा हुँदै रुकुम जोड्ने ‘सहिदमार्ग’को हरिबिजोग: वर्षातमा हिलाम्मे, हिउँदमा धुल्लाम्मे


मङ्सिर २६, दाङ । स्थानीय सरकार गठनसँगै पहिलो प्राथमिकतामा रहेको सडकको अवस्था निकै गम्भीर बन्दै गएका छन् ।

मुख्य बिकास योजना अन्तर्गतपर्ने सडक निर्माणको कार्य गाउँ–गाउँमा पुगेको भएतापनि तिनीहरुको मर्मत तथा सम्भार नहुँदा भने सडकखण्डहरु जीर्ण बन्दै गइरहेका छन् ।

स्थानीय तहहरुले पछिल्लो चरणमा धमाधन रुपमा सडक खन्ने र उक्त सडक समय–समय स्तरोन्नती गर्न नसक्दा सर्वसाधारण जनताहरुले कठिन तथा जोखिपूर्ण यात्रा गरिहेका छन् । यसो हुनुमा राज्यसत्ता र सम्बन्धित निकायहरुको निकै कम्जोरी प्रबृतिसँगै नीति तथा ऐन कानूनको फितलो हुनुको परिमाण हो ।

दाङको घोराहीबाट रोल्पाको होलेरी, घर्तीगाउँ, थवाङ, हुदै रुकुम जोड्ने सहिदमार्गको सडकखण्ड हरिबजोक अवस्थामा रहेको छ । सहिदमार्गमा पटक–पटक बजेट विनियोजन गरिएता पनि सडकको मर्मत, सम्भार तथा स्तरोन्नती भने ज्युँका त्युँ रहेका छन् । मार्गको घोराही देखि होलेरीसम्म ३१.५ किलोमिटर सडक कालोपत्रे भएतापनि करिब दुई वर्ष अवधिमै कालोपत्रे उप्किएर झियाँ–झियाँ भएको छ ।

कालोपत्रे उप्किएसँगै सडक जिर्ण बन्दै गइरहेको र त्यही जिर्ण बाटो बाध्यात्मक यात्रा गरिरहनु परेको स्थानीयवासीहरुले बताएका छन् । सडक कच्चि सहरहै भएको र त्यसमा पनि सडकको मर्मत सम्भार नहुँदा सडक वर्षातमा हिम्लामे र हिउँदमा धुँलाम्मेसहितको कष्टपूर्ण जोखिम यात्रा गर्नुपर्ने अवस्था रहेको पनि स्थानीयवासीहरुले बताएका हुन् ।

सरकारको प्रतिपक्ष भूमिकामा रहेको नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाका सभापति जनक पुनले स्थानीय तहको चरम लापरबाहीकै कारणले सडक दिनानुदिन जिर्ण बन्दै गएको बताए । जनता आवतजावत गर्ने सडक स्थानीयबासीहरुसँग प्रत्यक्ष जोडिएको विषय भएको र यसको अभिभाकत्वको रुपमा रहेका स्थानीय तहहरुको वेवास्था र वेखबर भएकै हुँनाले सडकहरु जोखिम बन्दै गएका समेत बताए ।

सहिदमार्ग घोराही देखि होलेरीसम्मको सडकमा ठेकेदारले कम्सल र गुणस्तरीयहिन कच्चा पदार्य प्रयोग गरेकै हुनाले छोटो समयमै कालोपत्रे उप्किएको र सडक क्षमता भन्दा बढी लोड बोकेर हिड्ने टिप्परका कारण सडकको अवस्था नाजुक बनेको उनको भनाई थियो । यस्तो हुनुमा स्थानीय तहहरुको चासो र चिन्ता नहुनाले र नियमन तथा नियन्त्रण गर्ने निकायहरु आँखा चिम्लेर बसेको उनले जिकिर गरे ।

सरकारद्धारा प्रतिवन्धित पार्टीका नेता अमित बुढा मगरले सहिदमार्ग सडक अस्तव्यस्त हुनुमा सहिदमार्ग कार्यालयकै चासो नहुनु बताए । कार्यालयले ठेकेदार काम दिने उनीहरुसँगै मिलेर आर्थिक रुपमा चलखेल गर्नुले पनि सडकको अवस्था विजोक हुदै गएको पनि बताए । आर्थिक रुपमा चलखेल सहितको विकास निर्माण संस्कारले गर्दा नै सडक गुणस्तरीय र स्तरोन्नती हुन नसेको हो, भने सडकमा कस्तो काम भइरहेका छ भनि सम्बन्धित निकायहरुले नियमन नगर्नुले सडकमा यस्ता थुप्रै समस्या देखिएको उनको भनाई थियो ।

रुन्टीगढी गाउँपालिकाका नेकपा अध्यक्ष आषाराम गुरुङले सहिदमार्ग सडकखण्ड भयाङक दर्दनाक अवस्थामा पुगेको बताए । घोराहीदेखि होलेरीसम्मको सडकको क्षमता १० टनको भएतापनि ठेकेदारले सडकमा कम्सल खालको कच्चा पदार्थको प्रयोग गरेको हुनाले कालोपत्रे उप्किएको बताए । १० टन क्षमताको सडकमा २०–२५ टन लोड बोकेर हिड्ने टिप्परगर्दा पनि सडक दिनानुदिन बिग्रिदै गइरहेको र यसका लागि सडकलाई कि आरसीसी ढलान गर्ने कि त टिप्पर चल्ने सडक छुट्टै हुनुपर्ने उनको भनाई थियो ।

देऊखरीको रिहारदेखि नारायणपुर हुँदै रोल्पा जोड्ने सडक लगाए यि यस्ता विषयमा पार्टीको भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका कानूनी मन्त्री कुलप्रसाद केसी लगाएतका प्रदेश सांसदहरु समक्ष पु¥याइ सकेको र पछिल्लो चरणमा पार्टीमा देखिएको खटपटका कारण यस विषयमा बुझ्न ढिलाइ भएको उनले बताए ।

यता रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले सहिदमार्गको विषयमा गाउँपालिका गम्भीर भएको बताए । यो सडकखण्डमा विशेष गरेर टिप्परको कारणले नै कालोपत्रे उप्किएको र टिप्परका लागि डुव्रिङ देखि बिश्रामथली हुँदै छिल्लीकोट जोड्ने बैकल्पिक ट्रयाक अहिलेसम्म निर्माण नहुँदा यस्तो समस्या देखा परेको बताए ।

पालिकाले गत साउन १३ गते कार्यपालिकाको बैठकमा वर्षातको समयमा अवरुद्ध भएको सडक खोल्ने, नाला तथा कल्भटहरु मर्मत तथा निर्माणका लागि चाहिने बालुवा र गिट्टी सम्बन्धित उद्योगहरुले टिप्पर मार्फत उपलब्ध गराएर काम गरेको बताए ।

सहिदमार्गको विषयमा व्यापक समस्या रहेको र यसको समाधनका लागि विभिन्न सरोकारवाला निकायहरुसँग सर्बपक्षीय छलफल गरी उत्तम विकल्पिक मार्ग छनौट गरी प्रदेश र केन्द्रसम्म पु¥याउँने कार्यमा आफुसँगै पालिका निरन्तर लागि परेको उनको भनाई थियो ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले घोराही देखि होलेरीसम्मको सडकखण्ड स्तरोन्नतीका सम्बन्धित निकायलाई निरन्तर घचघच्याई रहेको बताए । उपमहानरपालिकासँग जोडिएको सहिदमार्ग जिर्ण हुँदै गएकोप्रति आफूहरुले ठेकेदार र सडकसम्बन्धीका सबद्ध निकायहरुलाई बेलाबेलामा ध्यानाकर्षण गराइरहेको समेत बताए ।

उता सहिदमार्गका प्रमुख विष्णु पाण्डेले सहिदमार्ग घोराही देखि होलेरी हुँदै थबाङसम्मको जोड्ने १३८ किलोमिटर सडकखण्ड मर्मत, सम्भार र स्तरोन्नतीको काम भइरहेको बताए ।

घोराही देखि होलेरीसम्म जोड्ने ३१.५ किलोमिटरको सडकको कालोपत्रे उप्किनुको कारण टिप्पर भएको बताए । टिप्पर हिड्ने यरिया बाहेकका अन्यत्रका बाटोहरु धेरै राम्रो भएको समेत बताए । यात्रुबाहक गाडीहरुको क्षमता भएको सडकमा सोनापुर सिमेन्टका दैनिक दर्जनौं हेवी लोडका टिप्पर हिड्नाले सडकको कालोपत्रे उप्किएर जिर्ण बन्दै गइरहेको समेत उनको भनाई थियो ।

सहिदमार्ग प्रमुख पाण्डेका अनुसार राष्ट्रिय रार्जमार्गको रुपमा रहेको सहिदमार्गमा निरन्तर बजेट विनियोजन भएमा २०८४/०८५ सम्म सहिदमार्ग सडकखण्ड कालोपत्रे भइसक्ने छ । यो वर्ष सहिदमार्गको लागि २९ करोड बजोट बिनियोजन भएको र उक्त बजेट होलेरी दखि दारबोटसम्म ३८ किलोमिटर सडकको कालोपत्रेका लागि टेन्डर प्रक्रियामा रहेको तथा अब करिब एक महिना भित्रै टेन्डर गरिसक्ने उनको भनाई थियो ।

२६ मंसिर २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको