जिल्ला प्रशासन कार्यालय दाङमा अत्यावश्यक बाहेकका सेवा बन्द


असोज २५, दाङ । एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय दाङमा अत्यावश्यकबाहेकका सेवा ५ दिनका लागि बन्द गरिएको छ ।

अन्यको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हुँदा आइतबारदेखि असोज ३० सम्म कार्यालय बन्द गरिएको प्रशासकीय अधिकृत अमरराज शर्माले बताए ।

शान्ति, सुरक्षा, मुद्दालगायत अत्यावश्यकीय सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको शर्माले आइतबार सूचनामार्फत जानकारी दिएका छन् ।
यसअघि पनि कर्मचारीलाई कोरोना संक्रमण हुँदा केही समय प्रशासन कार्यालय बन्द गरिएको थियो ।

यस्तो त सूचना

 

२५ आश्विन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको