मदिरा आयातमा लागेको प्रतिबन्ध हट्यो


असोज २५, काठमाडौं । सरकारले मदिरा आयात खुल्ला गरेको छ ।

यसअघि कोरोना नियन्त्रणका लागि लकडाउन गरेसँगै चैत २४ गते राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिराको पैठारीमा रोक लगाइएको थियो।

असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो।

यस्तै ५० हजार डलर बढी मूल्यको सवारी साधन आयात पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ।

विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ संस्था र विदेशी कर्मचारीले नीजि प्रयोगका लागि बढी मूल्यका सवारी आयात गर्ने बाटो सरकारले खुला गरेको हो।

५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाई परेकाले फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बताए ।

२५ आश्विन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको