असोज २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ ।
पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो । मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए ।
मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काका अनुसार मन्त्री पोखरेल अहिले पनि पाटन अस्पतालमै छन् ।
शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या हालसम्म १ लाख ७ हजार ७५५ पुगेको छ भने निको हुनेको संख्या ७५ हजार ८०४ रहेको छ । आजमात्रै देशभर २०७१ जना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस