उपत्यकामा एकैदिन कोरोनाबाट ८ को मृत्यु, देशभर कुन जिल्लामा कति संक्रमित थपिए ? [विवरणसहित]


असोज २५, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट काठमाडौं उपत्यकाका ८ जनाको मृत्यु भएको छ भने १४ सय १६ जनामा संक्रमण देखिएको छ ।

काठमाडौंमा एक महिलासहित चार पुरुष, ललितपुरमा एक पुरुष र भक्तपुरमा २ पुरुष गरी ८ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौंका ११ सय ४५ ,ललितपुर ११० र भक्तपुरका १६१ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक लाख सात हजार ७ सय ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या एक लाख सात हजार ७ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

३१ हजार ३१५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् भने होम १७ हजार ६६६ आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६१३ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४२७ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार १५ सय ५२ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ।

आइसीयूमा ३२९ र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ६३६ जनाको मृत्यु भएको छ। आइतबार मात्रै उपत्यकाका ८ सहित २२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

हेर्नुस देशभर कुन जिल्लामा कति थपिए ?

२५ आश्विन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको